प्रवासीहरुले नयाँ सालको शुभकामना दिऊ :हाम्रो रेमिट्यान्सले तिम्रो सद्बुद्धि पलाओस नेता ज्यु


भवानी लिम्बु

आज, अग्रेजी महिनाको पहिलो दिन (१ जनवरी २०१८) । प्रवासी भूमिबाट तपाई सम्पूर्णलाइ अंग्रेजी नया बर्षको हार्दिक मगलमय सुभकामना । बिशेषगरि सिहदरबारलाई गाउँगाउँ सम्म अधिकार पुर्याउनेहरुलाई आभार टक्र्याउछु ।

आजको तारिख हामी नेपालीको मौलिक दिन नभए पनि हामी प्रदेशीहरुको दैनिकी बनेको समयले खुसि पनि दिएको छ पिडा पनि दिएको छ । यिनै खुसि र पिडाहरु सँग जोडिएको हुँदा सुरु भएको अंग्रेजी नयाँ साल पिडा रहित खुसिमय बनोस यहि कामना गरौ !

राज्य संचालनका लागि कैयौ प्रक्रियागत रुपका चुनाबहरु हुने गरेका छन्, भर्खरै प्रतिनिधि र प्रदेश सभाको चुनाव सकिएको छ । चुनावमा हरेक दलहरुले देशलाइ सम्बृद्ध बनाउने र बेरोजगार युवालाइ रोजगार दिने बाचाहरु गरेका छन् । जनताले भोट पनि दिएका छन् । उनका बाचाहरुमा बिश्वास गरिहाल्ने आधारहरु भने फिटिक्कै छैनन् । फेरि पनि नेताहरुका झुठा आश्वासन होइनन भनि सदर गर्न अन्तिम परिणाम भने हेर्न भने बाँकी छ ।

जेहोस देशमा स्थानीय सरकार गठनले दिएको अबसरलाई उपयोग गर्ने बहानामा परिवर्तनको सपना देख्न हरेक उम्मेदवारलाई बाध्य बनाएको छ । यता प्रवासी भूमिमा भने मानव बचाउ अभियान चलिरहेको छ । देशमा शान्ति अमनचैन सहित एउटा नागरिकका लागि सुरक्षित मानवीय नैसर्गिक अधिकार संविधानको ढड्डामा कोरिएको छ, तर यता तिनै नागरिकहरु खाडीको जेल जीवनमा मृत्युको चक्रव्यूह भित्र बाँधिएर मर्ने दिनको पर्खाइमा कुरेर बसिरहेका छन् ।

आफुलाई बचाउनको लागि आर्थिक र कानुनी सहयोगको अपिल गर्दै साउदी जेलमा रहेका थानेश्वर भुषाल (नवलपरासीका) र प्रेम बहादुर राई (इलाम), युएईमा रहेका तोप बहादुर बिक (चितवन)  र लोकेश खतिवडा ( ताप्लेजुंग -हाल झापा) को पिडा कसले सुनिदिन्छ । देशमा नेताहरुलाई काँडाले कोर्यो भने पनि राज्य कोषको दुरुपयोग गरेर लाखौको रकम लिएर उपचार गर्छन । न्यायका लागि अदाल नै खरिद गरिदिन्छन ।

त्यसकारण होला, देशको नेता देख्यो भने देशकै युवक पुर्पुरोमा हात राखेर आत्मा गलानी गर्छ ।

देशको राजनीति अस्थिरता र राज्य संचालन गर्ने नेतृत्वको दुरदर्शि भिजन नहुदा आज लाखौ बेरोजगार युवाहरु दैनिक आफ्नो परिवार संग बिछोडिएर विदेश पलायन हुन बाध्य छन् । राजनीतिका मालिकहरुले जति सुकै मिठा सब्दले घोषणा पत्रहरु तयार गरे पनि युवा पुस्तालाइ आफ्नो देशमा बस्ने वाताबरण नबनाए सम्म देशले काचुली फेर्ने छैन ।

एउटा युवा बैदेशिक रोजगारको नाममा देश बाहिर पलायन हुँदा देशले आफुलाई चाहिने महत्वपूर्ण श्रम शक्ति गुमाएको हुन्छ ।  अनि देशका युवाहरुले विदेशलाइ बिकाशको बाटो हिडाई रहेका छन्, किन कि देश बिकाशको मुख्य आधार युवा श्रम हो ।

हामी घरकी प्रियसी संग ४० कटेसी रमाउने बाचा गरेर खाडी पसेका छौ र पसिना बगाएर रेमिट्यान्स तिरेका छौ तर राजनीतिको नाउमा देशलाई अस्थिर बनाउने नेताहरुलाई चिल्ला कारमा गुडाउने र आलिसान महलमा सुताउने काम लागि रहेको छ । पेट दुख्दा देश विदेश उपचारमा खर्च गर्न र घुम्न सहयोग भै रहेको छ । आइन्दा यस्तो नहोस

त्यसकारण हामी सबै डोरी लाउरेहरुले हात जोडेर कामना गरौ ‘अंग्रेजी बर्ष २०१८ सालले देशका नेताहरुको सतबुद्दि घुमाइफिराइ ल्यायोस । यिनी भित्रको नाताबाद, कृपाबाद, भूमाफिया, जलमाफिया, भ्रस्ट, दलाल, सुत्खोरी चिन्तनलाई फेरेर सुन्दर र समृद्द नेपाल निर्माणको लागि त्यागी र श्रमिक चेतना घुसाई दियोस ।

 

१७ पुष २०७४, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस