सुर्य खवास, युएई
तमु समाज युएईले आफ्नो मौलिक पर्व तमु ल्होसार तथा समाजको २० औं वार्षिकोत्सव एकै साथ अबुधावीमा मनाउने भएको छ । यहि आउदो ५ जनवरिका दिन मनाउने तयारी गरिरहेको छ । तमुहरुको नयाँ बर्ष पुस १५ मा सुरु हुने भएपनि देश बाहिर युएईमा रहने तमुहरुले आफ्नो छुट्टीमा अनुकुल मिलाई एक हप्ता ढिलोगरि बिशेष रुपमा मनाउने भएका हुन ।
तमु ल्होसारलाई बिशेष बनाउन चर्चित लोक गएका राजु गुरुङ र नायिका भारती घलेको उपस्थिति रहने छ । चर्चित लोक गित ‘तितेकरेलीले’, ‘सालैजो’, ‘खोलि तरौला’ जस्ता गीतहरुले ख्याती कमाएका राजु गुरुङ आउने भएका छन् । त्यसैगरि गुरुङ भाषाको चलचित्रमा नायिकाको भूमिका निर्बाह गरेकी गुरुङसेनी भारती घले पनि साथमा आउने छिन ।
गुरुङ पात्रो अनुसार जम्मा १२ बर्षको एक वर्ग चक्र हुन्छ । हरेक वर्ष मुसा, गाइ, बाघ, बिरालो, गरुड, सर्प घोडा, भेडा, बादर, चरा, कुकुर र मृग वर्ग फेरिन्छ । यस पटक चरा वर्गबाट कुकुर वर्गमा प्रवेश गरेको अवसरमा तमु खि ल्हो ल्होसार मनाउन लागिएको हो ।
तमु खि ल्हो ल्होसार अबुधाबिको फल्कोर थिएटरमा मनाउन लागेको कार्यक्रम संयोजक नन्दजंङ तमुले जानकारी दिनु भयो ।
युएईमा १९९७ मा स्थापित भएको संस्था तमु समाजले जातीय तथा आफ्नो समुदायका गतिविधिसँगै सामाजिक काम पनि निरन्तर रुपमा गर्दै आएको समाजका महासचिव शिवजङ गुरुङले जानकारी दिनु भयो ।
प्रतिक्रिया दिनुहोस