चारतारे होटलमा बलात्कार ? प्रहरी भन्छ अनुसन्धान हुँदैछ


नेपालगन्ज, नेपालगन्जस्थित होटल सिग्नेट इन कृष्णाबाट प्रहरीले शनिबार राती दुई युवतीको उद्दार गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डिएसपी राजेन्द्र अर्यालका अनुसार युवतीले आफुमाथि बलात्कार भएको बताएका थिए ।

‘युवतीले होटलको बाथरुमबाट फोन गरेर आफुमाथि बलात्कार प्रयास भएको बताएपछि प्रहरी तत्काल होटलमा पुगेको थियो,’ अर्यालले भने । बलात्कार आरोपमा प्रहरीले सुर्खेतका २ पुरुषलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको जनाएको छ । प्रहरीका अनुसार युवती १९ र २६ वर्षका छन् ।

प्रहरीले युवती र पीडकको मेडिकल जाँचका लागि ल्याबमा पठाइएको छ । प्रहरी स्रोतले भन्यो, ‘युवतीमाथि बलात्कार भएको हो वा सहमतिमा यौनसम्बन्ध राखेपछि यस्तो आरोप लगाइएको हो ? त्यो अनुसन्धानपछि खुल्ने छ । ती युवती र पुरुषहरु होटलमा सँगै प्रवेश गरेको बताइएको छ ।

१७ पुष २०७४, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको