सेक्सको दुनियाँमा नयाँ फड्को, आइपुग्यो स्मार्ट कण्डम


लण्डन । युवा युवतीहरूको यौन चाहना र मनोभाव बुझेर ‘स्मार्ट कण्डम’ ल्याउने तयारी भएको छ ।

ब्रिटेनको एक अनलाइन बजारमा स्मार्ट कण्डमको बिक्री गर्न रजिस्ट्रशेन सुरु गरिसकिएको छ । सन् २०१६ मै कम्पनीले यसलाई बजारमा उतार्ने दावी गरेको थियो ।

स्मार्ट कण्डमले प्रयोगकर्तालाई सेक्स कति लामो समय, कति पटक र कतिपछि सेक्स गरेको बताउन सक्ने दावी कम्पनीको छ । स्मार्ट कण्डम परिवार नियोजनको साधन भने होइन ।

यसले गर्भ रहनबाट बचाउँदैन र यौन रोगको पनि रोकथाम गर्दैन । स्मार्ट कण्डम एक रिंग हो, जुन कण्डम झै ‘फिट’ हुन्छ ।

स्मार्ट कण्डम पटक–पटक प्रयोग गर्न सकिन्छ । यसमा प्रयोग भएको ‘न्यानो चिप’ र सेन्सरले सेक्सबारेका जानकारी संकलन गर्छ । एक पटक सेक्स भएपछि ब्लुटुथ मार्फत मोबाइल एपको माध्यमबाट यसमा भएको जानकारी मोबाइलमा डाउनलोड गर्न सकिनेछ ।

जानकारी डाउनलोड भएपछि कण्डममा भएको डाटा आफैँ डिलिट हुन्छ र यो फेरि प्रयोगका लागि तयार हुन्छ ।

प्रयोगअघि स्मार्ट कण्डमलाई चार्ज गर्नुपर्छ । यूएसबी पोर्टको माध्यमबाट सजिलै चार्ज हुन्छ । यौन आनन्दलाई नबढाउँने र कुनै प्रकारको सुरक्षा नदिने भएकाले स्मार्ट कण्डमबारे आलोचित पनि छ ।

स्मार्ट कण्डमलाई एक घण्टा चार्ज गरेपछि ७ देखि ८ घण्टासम्म प्रयोग गर्न सकिन्छ । एक वर्षे वारेन्टी दिइने स्मार्ट कण्डमको मूल्य ६० पाउण्ड पर्छ । – एजेन्सी

१६ पुष २०७४, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको