मोहन विक्रम सिंहका ‘जेठी–कान्छी’ पत्नी एकै ठाउँ भेट भएपछि…


काठमाडौं, १६ पुस । नेपालको कम्युनिष्ट आन्दोलनका धरोहर मोहनविक्रम सिंहका दुई श्रीमतीबीच शनिबार देखिएको दृश्यले केही अनौठो र रोचक देखिन्थ्यो ।

मोहन विक्रम सिंहका दुई पत्नी सार्वजनिक समारोह वा अन्य कुनै पनि काममा सँगै देखिदैनन् । त्यति मात्रै होइन मोहन विक्रम सिंह कान्छी पत्नीसँग अलग बस्दै आएका छन् । जेठी पत्नी शान्ता छोराछोरीसँग बस्छिन् । काठमाडौंमा शनिबार उनीहरूसँग देखिए ।

जेठी र कान्छी श्रीमतीबीच हात हालाहाल र कुटाकुट हुने हाम्रो समाजमा मोहनविक्रम सिंहकी जेठी श्रीमती शान्ता सिंहले प्यूठानबाट प्रतिनिधिसभा सदस्यमा विजयी भएकी दुर्गा पौडेललाई बधाई दिएकी छन् ।

राष्ट्रिय जनमोर्चाको काठमाडौं क्षेत्र नं. ५, ६ र ७ को आयोजनामा शनिबार बालाजु बाइसधारामा आयोजित पिकनिक कार्यक्रममा शान्ता सिंहले दुर्गालाई बधाई दिएकी हुन् ।

कान्छी पत्नी दुर्गाले शान्तासँग पहिलेदेखि नै भेटघाट, कुराकानी, घरायशी सल्लाह सबै हुने गरेको बताएकी छिन् । दुर्गाले भनिन्, ‘शान्तासँग निर्वाचनपछि पहिलो पटक भेट भएको हो ।’

बधाई, चुनावको समीक्षा र पिकनिक एकसाथ आयोजना गरिएको सो कार्यक्रममा दुर्गाले प्यूठानी जनताले ठूलो भरोसा र विश्वास गरेर आफूलाई जिताएको बताइन् ।

१६ पुष २०७४, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको