१६ पुस,विराटनगर । मोरङको रंगेलीमा शुक्रवार दोस्रो बिबाह गरेको आरोपमा एक जोडीलाईर् जुत्ताको माला लगाएर गाउँ निकाला गर्न सलग्नलाई प्रहरीले सार्वजनिक अपराध अन्तर्गत मुद्धा चलाइएको छ ।
जिल्ला प्रसासनमा आइतवार घटनामा सलग्न ६ जनाविरुद्ध सार्वजनिक अपराध अन्तर्गत मुद्धा दर्ता गरिएको हो ।
इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक सन्दिपबाबु खडकाले घटनामा सलग्न कुलानन्द , गोबद्धन , जयप्रकाश, रंजितकुमार , सतिश र मायानन्द ठाकुरलाई सार्वजनिक मुद्धा चलाइएको जानकारी दिए ।
सार्वजनिक मुद्धा दर्ता गरिएका मध्ये एमाले रंगेली कमिटीका अध्यक्ष दिनेश ठाकुर भने फरार छन ।
एमालेका नेता ठाकुरको अगुवाईमा पुनर्बिबाह गरेको भन्दै रंगेली नगरपालिका ५ आँपगाछीमा स्थानीय युवा राजकुमार ठाकुर र सोही ठाउँकी सरदार थरकी महिलालाई उनीहरुले कुटपिट पश्चात मोसो दलेर जुत्ताको माला लगाई गाउँ घुमाएर चरम यातना दिएका थिए ।
स्थानीयले पीडित महिला र ठाकुरलाई कुटपिट भइरहेको जानकारी पाएपछि दुवैजनालाई प्रहरीले उद्धार गरेको थियो ।
कुटपिटमा सलग्नलाई शुक्रवार नै प्रहरी नियन्त्रण्मा लिएको थियो ।
यता स्थानीय गाँउलेको समुहको कुटपिट र अमानवीय यातानाबाट गम्भीर घाइते भएका पीडित युवक राजकुमारलाई आफन्तले उपचारका लागि भारत लगेका छन ।
घाइते महिलाको स्थानीय अस्पतालमा उपचार पश्चात घर लगिएको छ ।
२०७४ पुष १६ गते प्रकाशित
प्रतिक्रिया दिनुहोस