कहाँ गयो शहिद परिवारको १० लाख रकम ? मंगले बुढाले ५ लाख बुझेको भेटियो


माओवादी सशस्त्र युद्धमा आफ्ना एकमात्र छोरालाई गुमाएका रोल्पाका ७८ वर्षीय मंगले बुढाले गतहप्ता प्रसारित बिबिसीको साझा सबालमाा आफूले आजसम्म कुनै पनि प्रकारको राहत नपाएको बताएपनि जिल्ला प्रशासन कार्यालयले भने उनले ५ लाख रकम बुझेको बताएको छ ।  तिनैपीडित मंगले दम्पत्तिले बिबिसी साझा सवालको कार्यक्रमलाई राहत नपाएको बताएपछि चर्चा चुलिएको छ। उनको सहाराबिहीन दयनीय घरबास र जीवनशैली प्रशारण भएपछि अहिले उनी इन्टरनेट दुनियाँमा भाइरल छन्।

बिबिसीसँगको कुराकानीमा माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’ ले ‘सहिद परिवारले पाउने पहिले पाँच लाख र पछि पाँच लाख पाउनु भयो ? भनेर जिज्ञासा राख्दा मंंगलेले नपाएको जवाफ दिएपछि उनको चर्चा चुलिएको हो। जिल्ला प्रशासनको रेकर्डमा मंगलेले रकम लगेको देखिएको छ। उता पीडितले राहत नपाएको बताएपछि प्रमुख जिल्ला अधिकारी डा। डिजन भट्टराईलाई पनि धेरैले सोधपुछ गरिरहेका छन्। ‘नेपाल बैंकमा उनकै नाममा खोलिएको खातामा रकम जम्मा भएको रेकर्ड छ। राहात पाउनका लागि फोटोसहित निवेदन समेत दिएका छन्’, प्रमुख जिल्ला अधिकारी भट्टराई भन्छन्, ‘लिएर गएको रकम कहाँ प्रयोग गरे त्यो थाहा भएन। तर, राहत बुझेको देखिन्छ।’

सुरुको चरणमा दुई लाख, दोस्रो चरणमा एक लाख र तेस्रो चरणमा दुई लाख रकम उनको खातामा गएको देखिन्छ। ति रकम निकालिएको बैंकको अभिलेखबाट देखिन्छ। गत आर्थिक वर्षमा आएको एकमुष्ट पाँच लाख पनि असार २६ गते उनको खातामा जम्मा भएको देखिन्छ। पुस २ गते पाँच लाख नै निकालेर लगेको बैंकले जनाएको छ। तैपनि उनले राहत नपाएको बताएपछि लगेको रकम कता गयो भन्ने अनुसन्धानको विषय बनेको छ।

२०५३ सालमा उनको छोरा सेरम झकेबाङमा प्रहरीबाट मारिएका थिए। तीन छोरी मध्ये एकको मृत्यु भइसकेको छ। दुई छोरी ज्वाइँको सहयोगमा उनीहरुको जीवन चलिरहेको छ। २०६८ सालमा राहत रकम लिन आएका बेला घर खर्च चलाउन लागेको ऋण छोरीले त्यही राहत रकमबाट तिरिदिने योजना बनाएको सुनाएका थिए। देशभरमा साविक जेलबाङ गाविसमा सबैभन्दा बढीले ज्यान गुमाएका थिए। एकै गाउँका ७३ जना मारिएका थिए। मंगले दम्पत्तिको कारुणिक अवस्था देखेर नेता अनन्तले घर बनाइदिने आश्वासन दिएका थिए। माघ २ गते घर बनाइदिने गरी शिलान्यास गर्न प्रतिनिधि सभाका लागि रोल्पाबाट निर्वाचित अनन्त जेलबाङ पुग्नेछन्।

टिभी अन्नपूर्णबाट

१६ पुष २०७४, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको