यदि कुर्सी भुलेर
नेताहरुले
सिमानामा काडेतार लगाएछन भने
सिहदरबारको फुलको बास्ना छाडेर
भमराहरु मेरो घरमा फर्किएछन भने
जुम्ला हुम्ला मुगुमा
औषधि पुर्याएछन भने
वृद्ध बुवा आमा लाई भत्ता लिएर
जनप्रतिनिधि झुपडीमा पसेछन भने
बलात्कार चोरी डकैती भ्रष्टाचार
आर्यघाटमा टाेप सलामी सहित बिदा गरेछन भने
शाहीदको आसु रोकिएछन भने
हजारौं युवा हातमा पासपोर्ट लिएर
एअरपोर्ट बाट स्वदेश फिर्ता भएछन भने
समयले परिस्थिति मजबुत बनायो भने
पुर्ब पश्चिम मनोरेलहरु चल्न थालेछन् भने
पुरानो धेरै पुरानो तर महत्त्वपूर्ण
सुगौली सन्धि फिर्ता भयो भन्ने खबर सुनिएछ भने
पिर्य काली
प्रेदेश छाडेर छुट्टयाइएको हाम्रो सबन्ध सगरमाथा को उचाईमा पुर्याउने छु !!
लेखक : बिरमणि ढकाल
(स्याङ्जा आधिखोला गाउँ पाली ६ बिमिराबोट )
प्रतिक्रिया दिनुहोस