ट्रोजन होल्डिंगको आन्तरिक क्याम्प रनिङ फुटबल कपमा अल अजवान क्याम्प विजयी


पोष्टपाटी/युएई

मुस्लिम समुदायको बकरी इदको पहिलो दिन पारी ट्रोजन होल्डिंग कम्पनीमा कार्यरत नेपालीहरु बीच आन्तरिक क्याम्प रनिङ कप सम्पन्न भएको छ। युएई स्थित अबुधावीको अल अजवान क्याम्पमा भएको रनिङ फुटबल कपमा ट्रोजन होल्डिंग कै ६ वटा क्याम्पबाट फुटबल टोलीहरुको सहभागीता रहेको थियो ।

कम्पनिमा कार्यरत नेपालीहरु द्वारा आयोजना गरिएको रनिङ फुटबल कपमा सहभागी टोलीहरु अल एन क्याम्प, सहामा क्याम्प अबुधावी, अल अजवान क्याम्प अबुधावी, पोल्टी फर्म क्याम्प अबुधावी, अलरिफ क्याम्प अबुधावी र दुबई क्याम्पबाट फुटबल टोलीहरु उपस्थित रहेका थिए ।

रनिङ फुटबल कपको फाइनलमा सहामा क्याम्प अबुधाबी र अल अजवान क्याम्प अबुधावी बीच प्रतिस्पर्धा भएको थियो ! फाइनल प्रतिस्पर्धामा अल अजवान क्याम्पले ३-२ ले बाजी मारेको थियो ।

बिजेता टोलिलाइ खसी, रनिङ फुटबल कप ट्रफी र गोल्ड मेडल प्रदान गरिएको थियो । दोस्रो हुनेलाई ट्रफी र सिल्भर मेडल प्रदान गरिएको थियो।

कम्पनिमा कार्यरत नेपालीहरुको मैत्रीपूर्ण बातावरण बनाउन उक्त रनिङ कप प्रत्यक बर्ष हुनेछ। यसपालिको रनिङ फुटबल कपको लागि ट्रफी र मेडलहरुको प्रायोजक होम सिटि फर्निचरले गरेको थियो ।

ट्रोजन होल्डिंग कम्पनिमा सामान्य लेवर कामदार देखि इन्जिनियर सम्म कार्यरत छन् । उक्त कम्पनिमा विभिन्न क्याम्पमा गरि करिव १५ सय भन्दा धेरै कामदारहरु रहेका छन् ।

१५ भाद्र २०७४, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको