ढुंगाले थिचिएका १३ वर्षीया ललिता, ९ वर्षीय लंक र ५ वर्षीया कल्पनाको अवस्था अज्ञात छ। ढुंगाले च्याप्दा बुँदे सार्की उनकी श्रीमती बेलु सार्की र छिमेकी शर्मिला सार्कीसहित सात जना घाइते भएको सान्नी त्रिवेणी गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर शाहीले बताए ।
गम्भीर घाइते बुँदे, बेलु र शर्मिलालाई उपचारका लागि जिल्ला अस्पताल लगिएको छ। ढुंगाले थिचिएका तीन बालबालिकाको खोजी कार्यमा नेपाल प्रहरी, नेपाली सेनाको टोली खटिएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ।
साभार: थाहा खबर बाट
प्रतिक्रिया दिनुहोस