नेपालीहरुको कर्म थलो युएईमा पछिल्लो समय नेपाली अराजक समूह अझ धेरै उछ्रिंकल बन्दै गएको छ । बैदेशिक रोजगारीका लागी युएईको दुवई पुगेका नेपालीहरुबीच मादक पदार्थ सेवन गर्ने र होहल्ला गर्नेहरुले युएईमा रहेका सोझासाझा नेपालीहरु माथि अनाहकमै आक्रमण गर्ने कार्य बढेको छ ।
गएको हप्तामात्रै नेपालीहरुबीच भएको झगडामा एकपत्रकार कुटिएको घटना सेलाउन नपाउदैं शुक्रबार अर्को पत्रकार कुटिएका छन । बर दुबईको नेपाली चोकमा शुक्रबार साँझ रुकुमका पृथीछक बुढामगरमाथी आक्रमण भएको छ । बुढा मगर विप्लब पार्टी नेकपाको प्रवासी संगठन नेपाली जनप्रगतिशील मोर्चा युएईका सल्लाहकार समेत हुन् ।
उक्त घटना प्रति नेपाली जनप्रगतिशील मोर्चा युएईले एक बिज्ञप्ति जारिगरि भर्त्सना गरेको छ । दोषीलाई सत्य तथ्य छानबिन गरि कारबाहीको लागि नेपाली दूतावास संग माग गरेको छ ।
बिज्ञप्तिमा भनिएको छ, ‘उक्त गिरोहको अराजक शैलीले युएइको कडा कानुन सामु अन्य रोजगार गरिरहेका इमान्दार कामदार नेपालीहरुलाई पनि बिनाकारण कानुनि लफडामा फस्नु पर्ने देखिन्छ । त्यसकारण यो गिरोहलाई पहिचान गरि कारबाहीका लागि सम्बन्धित निकाय दूतावास संग जोडदाररुपमा माग गर्दछौ ।’
त्यसैगरि युएईमा रहेका विभिन्न संघ संस्थाहरुलाई पनि ध्यानाकर्षण गराउदै उक्त बरदुवइ क्षेत्रमा देखिने दैनिकक अराजक कार्यलाई रोक्न जुटौ भन्दै नेपाली जनप्रगतिशील मोर्चाले युएइमा रहेका विभिन्न संघ संस्थाहरुलाई आव्हान समेत गरेक छ ।
मोर्चाका अध्यक्ष मनोज काउछाको नाममा जारि प्रेस विज्ञप्ति अनुसार अराजक तत्वको पहिचान गरि कानुनि उपचार गर्ने बताएको छ ।
हेर्नुहोस्, विज्ञप्तिको पूर्ण पाठ यस्तो छ :-
प्रेस विज्ञप्ति
नेपाली जनप्रगतिशील मोर्चा युएइका सल्हाकार तथा पत्रकार कामरेड पृथीछक बुढामगरलाई युएईको दुवई स्थित बरदुबईमा रहेको नेपाली चोक (मेट्रोपार्क) नजिकै बाटोमा हिँडिरहेको बेला अपरिचित अराजक नेपालीहरुको समूह द्वारा हिजो शुक्रबार साँझ ६ बजे आक्रमण भएको छ ।
मोर्चाका पुर्ब महासचिव तथा बर्तमान सल्लाकार पृथीछक बुढा मगर यहि जनवरी ५ तारिख छुट्टीमा घरजाने तयारिका लागि मेट्रोपार्क नजिकै रहेको क्यारिफोरबाट सामान खरिद गरि आफ्नो कोठा जाँदैगर्दा रक्सीले मात्तिएका केहि अपरिचित समुह द्वारा पछाडिबाट कुनै कारण बिना टाउकोमाथि आक्रमण भएको छ ।
आक्रमण पछी आफै अल रफ्फा प्रहरी चौकीमा जानु भएको थियो र तत्पश्चात पुलिश र मोर्चाकै साथीहरुको सहयोगमा बराहा हस्पिटल दुबईबाट उहाँको उपचार भएको छ । टाउकोमा लागेको चोटमा चारवटा टाँका लगाएको छ र हातमा पनि चोट लागेको छ । उक्त घटना प्रति हाम्रो नेपाली जनप्रगतिशील मोर्चा युएईको गम्भीर ध्यानाकर्षण भएको छ ।
हाम्रो मोर्चाका सल्हाकार प्रति अनावश्यक भएको आक्रमण निन्दनीय छ र उक्त अपरिचित आक्रमणकारी शक्ति कुनै राजनीतिक, संगठनिक पुर्बाह्ग्रहबाट नभई सधैं रक्सि खाएर गुण्डागर्दी हर्कतमा रमाउने अराजक गिरोहबाट भएको हाम्रो मोर्चाको ठम्याई छ ।
उक्त गिरोहको अराजक शैलीले युएइको कडा कानुन सामु अन्य रोजगार गरिरहेका इमान्दार कामदार नेपालीहरुलाई पनि बिनाकारण कानुनि लफडामा फस्नु पर्ने देखिन्छ । त्यसकारण यो गिरोहलाई पहिचान गरि कारबाहीका लागि सम्बन्धित निकाय दूतावास संग जोडदाररुपमा माग गर्दछौ । युएईमा रहेका विभिन्न संघ संस्थाहरुलाई पनि ध्यानाकर्षण गराउदै उक्त बरदुवइ क्षेत्रमा देखिने दैनिकक अराजक कार्यलाई रोक्न जुटौ भन्दै नेपाली जनप्रगतिशील मोर्चा आव्हान गर्दछ ।
हाम्रो मोर्चाले उक्त घटनाको सत्य तथ्य छानवीन गरि युएइको कानुन अनुसार सजाय दिलाउन पछी नपर्ने प्रतिबद्धता पनि जाहेर गर्दछौ ।
मनोज काउछा (अध्यक्ष)
नेपाली जनप्रगतिशील मोर्चा युएई
प्रतिक्रिया दिनुहोस