कहिले पनि कोहीदेखि नडराउने र राम्रो काम गरौं, नराम्रो काम नगरौ भन्ने चाहना राख्ने व्यक्ति हुन । राष्ट्रमा ठूला दुःखद घटना घट्दा, अनि एउटा गीत ‘सुन साइँली ४० कटेसी रमाउँला’ गीतले भावुक बनाउँछ, साइला होस् या साइली ४० कटेसी होइन युवा अवस्थामै रमाउने हो । रमाउने वातावरण बनाउनु पर्छ भन्छन।
लालबाबु पण्डित, नेपाली राजनीतिमा एउटा लोकप्रिय नाम । उनले सामान्य प्रशासनमन्त्रीको जिम्मेवारीमा छदा गरेका काम कारण उनी चर्चित मात्रै भएनन् सम्मानित नेताका रुपमा स्थापित पनि भए । सांसद भए, मन्त्री भए । फेरि सांसदमा निर्वाचित भएका छन् । तर, उनमा कुनै त्यस्तो रवाफ छैन । सामान्य नागरिक जस्तै सार्वजनिक गाडीबाट यात्रा गर्छन् ।
काठमाडौंमा डेरामा बस्छन् । घर, गाडीको कुनै योजना र सपना छैन उनको । सपना छ त, ‘देश र जनताको समृद्धिको ।’ देश बनाउन सकिन्छ, समाज रुपान्तरण गर्न सकिन्छ भन्ने उनमा दृढ विश्वास छ । भन्छन्,‘अब छोटो समयमै समृद्धि र रुपान्तरण सम्भव छ । हामीले गरेर देखाउनुपर्छ । देखाउँछौं ।’ नेकपा (एमाले)का नेता पण्डितलाई आम मान्छेले हेर्ने दृष्टिकोण त छदैछ । तर, लालबाबु पण्डित आफैले आफैलाई चहिँ कसरी हेर्छन् ? लालबाबुको व्यक्तिगत स्वभाव, शैली, सपना र अभिरुचीको बिषयमा नयाँ पेजका लागि राजेश राईले गरेको कुराकानी :-
२०१५ साल मंसिर १९ गते सर्लाहीको धनागडी गाविसमा जन्मिएका लालबाबु निम्न परिवारका सदस्य हुन् । उनका बाबा–आमा किसान हुनुहुन्थ्यो । लाल बाबुले शिशु कक्षा सर्लाहीमा पढें । त्यसपछि एक बर्ष १ देखि ५ सम्मको किताब घरैमै पढें । त्यपछि एकैचोटी ५ कक्षामा पाल्पाको तानसेनमा पद्ममा पब्लिक बहुउद्देश्यीय स्कुलमा भर्ना भएर एलएलसीसम्म पढेर पास गरें ।
२०३५ सालको मजदुर आन्दोलनबाट राजनीतिमा आएका उनि शुरुमा मेडिकल लाइनतिर जाने इच्छा थियो । टिचिङ हस्पिटलमा हेल्थ अस्सिटेन्टको पढाइ हुन्थ्यो । त्यसका लागि लिखितमा नाम निकाले तर, मौखिकमा एडमिसन गर्न दिइएन् । त्यसपछि म इन्जिनिरिङमा गएँ । मेकानिकल इन्जिनिरिङ गरें । पछि आन्दोलनमा जेल परें । त्यसपछि जेल र बाहिर गरी डिपिए (डिब्लोमा इन पब्लिक एडमिनिट्रेशन) प्राइभेटबाट गरे । एउटा विषय बाँकी थियो, पछी २०४७ सालमा सांसद भइसकेपछि त्रिचन्द्र क्याम्पसबाट परीक्षा दिएर पास गरे ।
पहिला संर्घषबाट स्थापित भएका लालबाबुलाई पछि पार्टीले खोज्दै आयो । पहिले नै उनि नेता बनाएका होइन । नेपालको तराईमा जन्मेको थोरै भए पनि असल चिताउने एक नेपालीे नागरिक हुँ, भन्छन उनि। थोरै भए पनि समाज परिवर्तनका निम्ति भूमिका खेलेको व्यक्तितका रुपमा अरुले चिनुन् जस्तो लाग्छ उनलाई ।
एजेण्डाहरु पारित भएका बेला अथवा कुनै काममा सफल भएका बेला । उनले उठाएका एजेण्डाले पार्ने प्रभाव हेरेर जनता खुशी भएका बेला नै उनि अत्यधिक खुशी हुन्छन । दुःख भनेको अनावश्यक रुपमा उनलाई घचेट्ने, ठेल्ने, पिरोल्ने, समाप्त गर्न खोज्ने, गलत काम गराउन खोज्ने जो हुन्छ । त्यसबेला उनि धेरै दुःखी हुन्छन, यो उनको आफ्नो भनाइ हो ।
हेर्नुहोस नयाँ पेजसंग लालबाबुको बहस यस्तो छ (भिडियो);-
प्रतिक्रिया दिनुहोस