काभ्रे तरुणदलको सभापतिमा दावा लामा ।


पोष्टपाटी/काठमाडौ मंसिर १४

काभ्रे तरुणदलले बनेपामा आयोजना गरेको कार्यक्रममा काभ्रे जिल्लाको कोसिपारि सल्ले घर भयका दावा लामा काभ्रे जिल्ला समितिको सभापतिमा मनोनित भयका छन ।

लामा विद्यार्थीकाल देखि नै काङ्ग्रेस निकट विद्यार्थीसंघमा रहि राजनीतिमा सक्रिय थिए भने काङ्ग्रेसका क्रीयासिलप सदस्य पनि थिए । लामो समय काङ्ग्रेसमा सक्रिय भएका लामा यतिखेर काङ्ग्रेस निकट युवाहरूको संगठन तरूणदल नेपाल काभ्रे जिल्ला समितिको सभापतिमा मनोनित भयका छन् । तरुणदलको सभापति जिम्मेवारी पाएका लामा काभ्रेलि युवाहरू माझ लोकप्रिय मानिन्छन ।

हामीले उनै लामालाई सोधेका थियौं युवाहरूलाई नेताहरूले आफू माथि पुग्ने भर्‍याङ मात्रै बनाउछन तपाई पनि भर्‍याङ बन्न तयार बन्नु भयो होइन ? लामा भन्छन राजनीति भित्र धेरै विकृति र विसंगति छन् त्यस्को अन्त्य गर्न म यहाँ आएको हु अर्को कुरा भर्‍याङ अब कोहि युवाहरू बन्नु पर्दैन काभ्रे काङ्ग्रेसमा सबै युवाहरूलाई क्षमता अनुसारको जिम्मेवारी दिईन्छ । राजनीतिमा कोहि दास बन्नु पर्ने छैन । अहिले राजनीतिलाई फोहोरि खेल हो भन्दै धेरै युवाहरू राजनीतिबाट टाढा छन् यो कुरा लाई झुटो साबित गर्दै धेरै भन्दा धेरै युवालाई तरुणदलमा आबद्ध गर्दै काङ्ग्रेसलाई काभ्रेमा पहिलो पार्टी बनाउछु उनले भने म मिडिया मार्फत यो पनि भन्न चाहन्छु कि, काभ्रे मा रहेका सबै युवा साथि हरू तपाईंहरू आफ्नो-आफ्नो टोल-टोल वस्ती-वस्ती जानुस काङ्ग्रेस को उमेदवार लाई जिताउन लाग्नुस यसमा नै तपाई हरू को र राज्यको उज्ज्वल भबिस्य छ ।

१४ मंसिर २०७४, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको