रोल्पा जलजला सेवा समाज दोहा कतारद्दारा कतारमा रहेका रोल्पाली संघ सस्थालाई एकत्रित गर्ने प्रस्ताव सफलता पूर्ण सम्पन्न |


पोष्टपाटि/काठमाडौं 30 सेप्टेम्बर 2017

कतारको सनैया स्थितमा सेप्टेम्बर २९ तारिक सुक्रवारको दिन रोल्पा जलजला सेवा समाज दोहा कतारले रोल्पाली परिवार भित्र मनाउन गइरहेको दसैं तिहार चाडपर्वको अवसरमा जिल्ला भित्र रहेका टोल वडा गाबिस स्थरिय समाज समुहलाई एकत्रित गर्दै जिल्ला समन्वय गरेर मनाउने उदेश्यका साथ आज बसेको बैठक समाजका अध्यक्ष शिव बुढाथोकी को अध्यक्षता सम्पन्न भएको छ। उक्त बैठकमा रोल्पा जिल्ला भित्र रहेका गाबिस टोल स्थरिय सस्थाका प्रतिनिधित्वहरुको उपस्तिथि र समाजका कार्यसमिति पदाधिकारी सल्लाहकार सदस्यहरु लागाएतको बाक्लो उपस्तिथि मा रहेको बैठकको संचालन समाजका महासचिव देबराज पुनले गर्नु भएको थियो। बैठक मा कतारमा कार्यरत रहेका सम्पुर्ण रोल्पालि दाजुभाइ तथा दिदिबहिनी र रोल्पा जिल्ला भित्र रहेका एकै परिवार भएर यसपटक संगै बसेर मनाउन को लागि रहेको प्रस्तावमा राक प्रवासि सेवा समाज कतारका अध्यक्ष नबराज पुन, रोल्पा गुम्चाल प्रवासी सेवा समाजका महासचिव चोम बिष्ट,जन प्रगतिशील सेवा समाज सिर्पका अध्यक्ष बोम बहादुर घर्ती,बराहक्षेत्र संरक्षेण समिति बडाचौर रोल्पा कतारका अध्यक्ष बलराम जैसी लगाएतले समुह समाजको प्रतिनिधित्व गर्दै समन्वय भएर जानुपर्ने र कतारमा रहेका रोल्पालि समुह सस्थालाइ अझै समन्वयमा एकता गराउनको लागि सबैजना लागीपर्ने समेत बताएका थिए। भने समाजका कोषाध्यक्ष शिवलाल केसि सल्लाहकार चेतमान रोका, छवि गुरुङ सचीव जीवन खड्का लगाएतले कार्यक्रमको उद्देश बारेमा प्रष्ट पारेका थिए। त्यस्तै समाजका संयोजक बसन्त थापाले गत वर्षमा पनि रोल्पाली परिवार भित्र नै कार्यक्रम गरेर यस चाडपर्व मनाएको र गत साल भन्दा फरक तरीकाले अहिले मनाउन लागेको समेत बताउदै समन्वय गरेर जादा हामी भित्र एक आपसी सहयोग सद्भाव मित्रता एकताको दुरि प्रगाढ भएको महसुस गर्दै अहिले पनि मनाउन तयारी गरेको बताए। साथै समाजका सक्रिय सदस्य गङा रोका कतारको बसाइलाइ बिट मार्दै स्वदेश फर्किन लाग्नु भएको कारणले गर्दा उहाँको समाजप्रतिको लगनशीलता इमान्दारिताको कदर गर्दै समाजका अध्यक्ष शिव बुढाथोकी संयोजक बसन्त थापा सल्लाहकार चेतमान रोका लगाएतले दोसल्ला खादा ओढाइ सम्मान पत्र द्वारा सम्मान गर्दै बिदाइ गरेका थिए।

बिदाइ संगै गङा रोकाले समाजले आफुलाइ गरेको सम्मान प्रती धन्यवाद दिदै घर जादा केही खुसी र साथीभाइ समाजबाट छुट्टी केही पिडा भएको महसुस हुँदै आज उपस्तिथ भएका समाजमा समाबेश नभएका अरुलाइ पनि एउटा रोल्पालिको चिनारीको लागि भएपनी एउटा साधारण सदस्यता लिनुपर्नेमा ध्यानाकर्षण समेत गराउनु भयो कुनै समस्या आइपर्दा समाज सहयोगको आवश्यकता दर्साउनु भएको थियो। कार्यक्रमको अन्त्यमा अध्यक्ष शिव बुढाथोकीले समन्वयको लागि उपस्थित सम्पुर्ण गाउँ गाबिस टोल स्थरिय समूह संघ सस्थाका प्रतिनिधि समाजका सम्पुर्णलाइ विशेष धन्यवाद दिदै आउदो कार्यक्रम सफलतापुर्वक सम्पन्न हुनेमा हामी सबै रोल्पालीको जिम्मामा रहेको बताउदै समाजमा आबद्ध हुँदै गर्दा छोटो समयमै समाजले बिदाइ गर्दै गर्दा समाजको लागि केही कमि महसुस गर्दै आजको समन्वयमा ५ समुह सस्थाको सहमति भएको र जिल्ला भित्र दर्जनौं सस्था भएता पनि बाकी सस्थाहरुलाइ पनि सकेसम्म एकतामै ल्याउने प्रयासमा रहेको र सबैले आआफ्नो क्षेत्रबाट सहयोग गर्नको लागि अपिल गर्दै समाजले आजको बैठक सफलता पुर्वक सम्पन्न भएको बताउदै समापन गरेको हाम्रा सहकर्मी चोम बिस्टले जानाकारी दिए |

१४ आश्विन २०७४, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको