को हुन रातारात भाइरल हुने नेपाली सुन्दरी अञ्जना, हेर्नुहोस् सुन्दर ५ फोटाहरु


पोष्टपाटी/भाद्र १४, २०७४-

सामाजिक सञ्जालमा कति बेला कुन तस्बिर अथवा व्यक्ति भाइरल हुन्छ थाहा हुँदैन । यतिबेला नेपाली मोडल अञ्जना दास सामाजिक सञ्जालमा भाइरल भएकी छिन् । भारतीय सञ्चारमाध्यमहरूले सामाजिक सञ्जालमा भाइरल भैरहेको दाबी गर्दै उनका आकर्षक तस्बिर प्रकाशित गरेका छन् ।

‘इन्टरनेटमा सनसनी मच्चाउने नेपाली युवती’ आदि शीर्षकमा प्रकाशित ती समाचारमा अञ्जनालाई बलिउड तथा हलिउडका अभिनेत्रीसँग तुलनामा गरिएको छ ।

फेसबुक, ट्वीटर तथा इन्स्टाग्राममा समेत उनका तस्बिर सर्वाधिक हेरिन थालिएको छ । वास्तवमा अञ्जना दासका तिनै तस्बिर साप्ताहिकले अघिल्लो वर्ष नै आफ्नो मध्यपृष्ठमा प्रकाशित गरिसकेको थियो ।

पोखराका ग्ल्यामर फोटोग्राफर सुरज श्रेष्ठले खिचेका आकर्षक तस्बिर नै यतिबेला सामाजिक सञ्जालमा भाइरल भएका हुन् । २२ वर्षीया अञ्जना पोखरा, महतगौडाकी हुन् ।

मिस पोखरा क्विन–२०१५ की विजेता अञ्जना जर्मनीमा बसोबास गर्छिन् । बिदाको मौका पारेर पोखरा आएका बेला उनले उक्त सौन्दर्य प्रतियोगितामा सहभागिता जनाएकी थिइन् ।

अञ्जनाका बुवा जर्मन हुन् भने आमा नेपाली । अञ्जना आफूलाई नेपाली भन्नमा गर्व गर्छिन् । युरोपको बसाई भए पनि उनी समय–समयमा नेपाल आइरहन्छिन् । जर्मनीमै म्यानेजमेन्टमा ब्याचलर अध्ययनरत अन्जनाको लक्ष्य भने सफल बिजनेस लेडी बन्नु हो ।

फोटो/साप्ताहिकबाट 

 

१४ भाद्र २०७४, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको