भदौ १४– फुटबल क्लब बार्सिलोना अहिले खेलाडी भित्र्याउने चटारोमा छ । नेइमार पेरिस सेन्ट जर्मेनमा गएपछि केही दबाबमा देखिएको बार्सिलोनाले जर्मन क्लब बोरुसिया डर्टमन्डका फवार्ड उसमान डेम्बेलेलाई भित्र्याई सकेको छ ।
त्यस्तै पिएसजीका एन्जेल डि मारिया र लिभरपुलका फिलिप कोटिन्होलाई पनि क्लबमा भित्र्याउन बार्सिलोना प्रयासरत छ ।
तर सबैलाई चकित पार्ने कुरा त के छ भने बार्सिलोनाले अहिले लो प्रोफाइल फुटबलरलाई भित्र्याएको छ । क्लबका पूर्व खेलाडी प्याट्रिक क्लुभर्टका नौ वर्षका छोरा शेनलाई बार्सिलोनाले जुनियर टिममा अनुबन्ध गरेकाे स्पेनी सञ्चार माध्यमले जनाएका छन् । शेन क्लुभर्ट बुवा प्याट्रिक पिएसजीको स्पोर्ट डाइरेक्टरको रुपमा कार्यरत भएकाले पिएसजी मै थिए । प्याट्रिकले गत सिजनबाट पिएसजी छोडेका थिए । शेन बार्सिलोनाको ११ वर्षमुनिको टिमबाट खेल्नेछन् ।
नौ वर्षको उमेरमा नै शेन नाइकी जस्तो कम्पनीसँग अनुबन्ध गरिसकेका छन् । इन्स्टाग्राममा उनलाई १ लाख ४६ हजारले पछ्याइरहेका छन् भने उनको युट्युब च्यानलको ४५ हजारभन्द्या बढी सब्सक्राइबर रहेका छन् ।
हेर्नुहाेस् शेनको फुटबल काैशल –
उज्यालो अनलाइनबाट
प्रतिक्रिया दिनुहोस