पोष्टपाटी/काठमाडौं, १४ भाद्र
चर्चित नेपाली आइडलमा पछिल्लोपटक प्रशिद्द गायक रामकृष्ण ढकाल पाहुना जजको रुपमा उपस्थित हुँदा उनले दिएको अभिव्यक्ति विवादित बन्दै धेरैलाई तरंगित बनाए पछी क्याप्टेन विजय लामाले सामाजिक संजाल फेसबुक मार्फत जजहरुले ध्यान दिनु पर्ने कुरा भन्दै ७ टिप्स दिएका छन्।
क्याप्टेन लामाले नेपाल आइडल होस् वा कुनै पनि कार्यक्रममा जजहरुले यी सबै कुरामा ध्यान दिने हो भने या दिएको भए यत्रो विवादमा नै पर्दैन थियो होला राम भाइ भनेका छन्।
हाम्रो भन्दा राम्रोले जित्नु पर्छ…कुनै जात या ठाउँको आधारमा हैन! सहि ब्यक्तीले जित्नु पर्छ भन्ने कुरामा क्याप्टेन विजय लामाको जोड रहेको छ।
हेर्नुहोस विजय लामाले दिएको ७ टिप्स यस्ता छन्:-
केही दिन अघि राम कृष्ण ढकालले नेपाल आइडल बारे दिनु भएको प्रतिकृयाले एक किसिमको तरङ ल्याएको छ नेपालमा…।
सबैले आ-आफ्नो बिचार ब्यक्त गर्दै गरेको पाइन्छ सामाजिक सन्जालहरुमा । धेरै जसोले आक्रोश पोखेका छन भने कोइ कोइले चाहिँ neutral भएर लेखेका छन।
यसो हेर्दा मलाइ यस बारेमा टीका टिप्पणी गर्नु भन्दा एउटा निर्णाएक प्यानल सदस्य (judge) भएर निभाउनु पर्ने मर्यादाको बारेमा चाहिँ चर्चा गर्न चहान्छु।
नेपाल आइडल होस या कुनै पनि कार्यक्रममा जजहरुले:
१: प्रतिस्पर्धीहरुलाइ तिमी भन्नू राम्रो होइन।
२: Judge गर्दा होस या प्रतिकृया दिदा निस्पक्ष हुनु जरुरी हुन्छ।
३: कुनैलाई मात्र राम्रो भनेर अरुलाई चाहिँ नकार्न मिल्दैन।
४: सबैलाई हौसला दिनु पर्छ नकि आफ्नो प्यारो लाई मात्र।
५: सल्लाह सुझाब दिदा सकारात्मक ढङले प्रस्तुत गर्नु पर्छ ताकी प्रतिस्पर्धीहरु उठ्न सकुन र राम्रो प्रस्तुती दिन सकोस।
६: एक अर्का प्रत्स्पर्धी बिच तुलना गर्नु मिल्दैन।
७: वाक स्वन्तन्त्रता छ भन्दै जे पनि बोल्न मिल्दैन पब्लिक मिडियामा।
यी सबै कुरामा ध्यान दिने हो भने या दिएको भए यत्रो विवादमा नै पर्दैन थियो होला राम भाइ।
हाम्रो भन्दा राम्रो ले जित्नु पर्छ…कुनै जात या ठाउँको आधारमा हैन! सहि ब्यक्ती ले जित्नु पर्छ ।
जय चन्द्र सुर्य!
प्रतिक्रिया दिनुहोस