काठमाडौं । नयाँ शक्ति निकट दलित शक्ति नेपालका पदाधिकारीहरुले नयाँ शक्ति पार्टी परित्याग गरेका छन् । नयाँ शक्ति नेपालले दलितको मुद्दालाई समेट्न नसकेको भन्दै संगठनकि संयोजक सुशिला श्रीपाली,पार्टी केन्द्रीय सदस्य तथा दलित शक्ति नेपालका प्रवक्ता दलामर्दन कामी, संगठन विभाग प्रमुख दिपेन्द्र विक र दलित शक्ति आमसंचार विभाग प्रमुख गणेश बिक चिन्तनले आज पार्टीबाट रजिनामा दिएका हुन् ।
नयाँ शक्ति नामको मात्र नया भएको र यसले उत्पीडित ,उपेक्षित तथा सर्वहारा दलितवर्गको कुनैपनि मुद्दा उठान नगरेको आरोप उनीहरुले लगाएका छन् । पार्टीमा उच्च तहका नेताहरु संधै मालिक र कार्यकर्ताहरु संधै नोकर बनेर रहनुपरेको गुनासो पनि उनीहरुको रहको छ ।
पार्टीमा पहिल्यैदेखि दलितको मुद्दाको विषयमा शिर्ष नेताहरुसंग कुरा गरेतापनि कुनै सुनुवाई नभएको आरोप लगाएका छन ।
लामो कालखण्डदेखि उत्पीडनको मुक्ति खोजिरहेका दलित समुदायका मुद्दालाई ओझेल पारिएको, दलित समुदायका हक अधिकारलाई स्थापित गराउने बेलामा पार्टीले एक शब्दसम्म नबोल्नु दलित समुदाय प्रति थप पीडा दिनु हो भन्दै नैतिक शंकटको कारणले पनि आफुहरुले पार्टीबाट राजिनामा दिएको दियोपोष्टमा खबर छ।
प्रतिक्रिया दिनुहोस