जलजला सेवा समाज कतारको ८औं अधिवेशन सम्पन्न


पोष्टपाटी! – चोम बिष्ट

कतार- “रोल्पालीको एकता आजको आवश्यकता’ भन्ने मुल नाराका साथ खाडीमुलुक कतारमा रोल्पालीहरुको साझा सँस्था “रोल्पा जलजला सेवा समाज कतारको” आठौं अधिवेशन तथा सम्मान कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ। कतारको सनैया स्थित रोटना रेष्टुरेन्ट सभाहलमा समाजका अध्यक्ष बसन्त थापाको सभापतित्वमा यहि २८ जुलाईमा सम्पन्न भएको थियो।

अधिवेशनमा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्बय परिषद कतारका अध्यक्ष बिनेश तामाङ प्रमुख अतिथी रहनु भएको थियो भने कार्यक्रमका बिशेष अतिथिहरु कतार स्थिति विभिन्न संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको रहेको थियो।

समाजका महासचिव चोम बिष्ट द्वारा कार्यक्रम संचालन गरेका थिए। कार्यक्रमका सभापति र प्रमुख अथिती द्वारा कार्यक्रमको ब्यानर उद्घाटन तथा दिप प्रज्वलन गरे लगतै राष्ट्रिय गित प्रस्तुत गरिएको थियो। देशका निम्ति बलिदान दिनुहुने ज्ञात अज्ञात सहिद प्रती एक मिनेट मोहन धारण संगै कार्यक्रममा उपस्थित सबैलाई समाजको तर्फबाट शिव बुढाथोकीले स्वागत गरेका थिए।

समाजका संयोजक सुर्य बहादुर बिकले समाजको कार्यक्रमको उदेश्यबारे स्पस्ट पार्नु भएको थियो भने जलजला सेवा समाजका सचीव देब पुनले समाजको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो।

कार्यक्रमको बिचमा उपस्थित विभिन्न संस्थाका प्रतिनिधिहरु द्वारा मन्तब्य राख्दै नयाँ आउने कार्यसमितिलाई बधाई तथा शुभकामना दिने कार्य भएको थियो।

समाजका संस्थापक तथा पुर्व अध्यक्ष चेतमान रोका र सल्लाकार छवि गुरुङले पनि समाजको इतिहास र उदेश्य बारेमा मन्तब्य द्वारा प्रस्ट पार्ने काम गर्नु भएको थियो।

अधिवेशनले शिव बुढाथोकीको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ। प्रथम उपाध्यक्ष चोम बिष्ट, द्वितीयत उपाध्यक्ष धिरेन्द्र डाँगी, महासचिव देबराज पुन, सचिव जीवन खड्का, कोषाध्यक्ष शिवलाल केसि, सहकोषाध्यक्ष नबराज पुन र सदस्यहरुमा अनिल खड्का, कृष्ण घर्तीमगर, टोप बहादु खड्का, खुम बहादुर गोसाइ, दल बहादुर डाँगी, दिपक कुवर, नरेश बिक, पुर्ण बहादुर बिष्ट, हुकुम पुन, सोमलाल बिष्ट, कल्याण थापा, कुल बहादुर खड्का, नन्दलाल केसि, नरेश बिक, तिलक बिक, सुरेश बिक लगाएत नव कार्यसमिति निर्माण गरिएको छ! संस्थाको आयतन बृदिका लागि नयाँ सदस्यताहरु अझै थप गर्न सकिने समाजले बताएको छ।

त्यसैगरी बसन्त थापाको संयोजकत्वमा नयाँ सल्लाहकार समिति गठन गरेको छ। जसमा सुर्य बहादुर बिक, चेतमान रोका, छवि गुरुङ, दिल रोका, दिल नेपाली, गोपाल केसि, बलराम जैसी, एकराज सुवेदी र रुद्र प्रसाद, केशव बुढाथोकी रहेका छन्।

कार्यक्रममा समाजको निम्ति सहयोग साथ दिने क्रियासिल सदस्यहरुलाइ कदर पत्र वितरण गरि सम्मान गरिएको थियो। कार्यक्रम अन्त्य तिर प्रमुख अथिती बिनेश तामाङले समाजको कार्यक्रम लाई सफलता पुर्वक सभ्यभब्य रूपमा सम्पन्न भएको बताउदै नयाँ कार्यसमितिलाई हार्दिक बधाई तथा कार्य कुशलताको कामना गर्नु भएको थियो, भने कतारको समसामयिक बिषयमा कतारमा कार्यरत सम्पुर्णमा नेपाली दाजुभाइ दिदिबहिनीहरुमा सन्देश मुलुक जानकारी समेत गर्नु भएको थियो।

कार्यक्रमको बीचमा स्थानीय कलाकारहरु बलबिक्रम थापा, बिमल सेन्चुरी, जीवन बिसि, सागर क्षेत्री, कमला गुरुङ, भगवती बस्याल, रितु तामाङले आफ्ना सांस्कृतिक प्रस्तुति दिएका थिए।

१५ श्रावण २०७४, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको