१४ पुस, काठमाडौं । माओवादी केन्द्रले प्रदेशसभाका ३५ समानुपातिक प्रदेशसभा सदस्य छनोट गरेको छ । पार्टी शीर्ष नेतृत्व र प्रदेश ईञ्चार्जहरुको बैठकले प्रदेशसभा सदस्यहरु छनोट गरेकोहो ।
माओवादीबाट प्रदेशसभा सदस्य हुनेमा नेताका पत्नी, छोरीदेखि भर्खर पार्टी प्रवेश गर्ने समेत छन् । तीन नम्बर प्रदेशबाट प्रदेशसभा सदस्य बनेकी भावना सुवेदी नेता झक्कु सुवेदीकी छोरी हुन् । यस्तै सीता अधिकारी नेता महेश्वर दाहालकी पत्नी हुन् ।
प्रदेश ३ कै प्रदेशसभा सदस्य बनेका दोलखाका आङदेण्डी लामा चुनाव अघि मात्र माओवादी प्रवेश गरेका थिए ।
प्रदेश ६ को समानुपातिकमा परेकी पुष्पा घर्ती विष्ट पूर्वसासद नरबहादुर विष्टकी श्रीमती हुन् । कृष्णा शाह अाचार्य नेता रामदीप अाचार्यकी श्रीमति हुन् । यस्तै विमला केसी पूर्वगृहमन्त्री जनार्दन शर्माकी भाइ बुहारी (जेठोबुवाको छोराकी श्रीमती) हुन् । सीता नेपाली पूर्व सांसद हुन् ।
यस्तो छ विवरण :-
प्रदेश नम्बर ०१: सिता थेवे, कुशुम कुमारी श्रेष्ठ, शौभाग्य राई, सरस्वती पोख्रेल, उमिता बिश्वकर्मा,
प्रदेश नम्बर ०२: जगत प्रसाद यादव, महम्मद समिर, रुबिकुमारी कर्ण, प्रमिला कुमारी यादव, फुलियादेबी सदा,
प्रदेश नम्बर ०३: दिनेश महर्जन, आङदेण्डी लामा, ओम घलान, हिमालि गोले, प्रतिभा श्रेष्ठ, सिता अधिकारी, भावना सुबेदी, कन्चन खनाल,
प्रदेश नम्बर ०४: गायत्री गुरुङ, मधु अधिकारि (गुरुङ), दिलमाया रोका मगर (गौतम),
प्रदेश नम्बर ०५: गीता थापा, दामा कुमारी शर्मा, पार्वती पुन (गहतराज), लौटी थारु, दिपा बिक, सुष्मा यादव,
प्रदेश नम्बर ०६: पुष्पा घर्ति बिष्ट, सिता कुमारी नेपाली, बिमला केसी, कृष्णा शाह,
प्रदेश नम्बर ०७: निर्मला बडाल (जोसी), कुन्ती जोसी, बिनिता चौधरी, शान्ति नेपाली
१४ पुष २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस