रुकुम, पुथा उत्तरगंगा गाउँ पालिकाको केन्द्र कहाँ हुन्छ भन्ने बारेमा अहिले त्रिपक्षीय भएको कार्यपालिका सदस्य जितराम कामीले बताए। उनले भने – तक र कोल बीचको तानातानले किनै निकास पाएन । हामीले पदमीसम्मको प्रस्ताव गर्यौँ । दुबै पक्षको बेमञ्जुरिका कारण सहमतिय आधार भत्केको छ । अब गरघाट कोल र तकको बीचमा भोटिङ्ग हुनेछ ।
गरघाट नै किन प्रस्ताव भयो ? भन्ने प्रश्नमा सदस्य जितरामले भने – भेगीय हिसाबमा सबैको केन्द्र गरघाट परेको हुँदा माथिल्लो भेगले उक्त ठाउँमा प्रस्ताव गरिएको हो ।
स्मरणरहोस् यो भन्दा पहिले माथिल्लो ७ वटा वडाले कुनै दावी विरोध गरेका थिएनन् । काम चलाउ कोल र तकले आ-आफ्ना अडान नछाडे पछि गाउँसभामा गरघाटलाई विकल्प रोजेको कुरा कार्यपालिका सदस्य जितराम कामीले बताए । अहिले चुनावी तयारी हुन लागेको उनले बताए ।
प्रतिक्रिया दिनुहोस