काभ्रेको जनचेतना मावि शोकमा


पोष्टपाटी, काभ्रे- सप्तरीको राजबिराजबाट काठमाडौं आउदै गरेको बस अस्ति  बिहान त्रिसुली नदिमा खस्दा जनचेतना माविका शिक्षक चतुर नारायण प्रमानीका चार जना छोरीहरुको साथमा बालकल्याण प्रावि काभ्रेका शिक्षक प्रमोदकुमार इसारको घटनास्थलमै निधन भएको खबरले यतिबेला विद्यालय परिवार स्तब्ध भएको छ। जनचेतना माविका सहायक प्र.अ.  कपिलमनी डागी को भनाइ अनुसार प्रमानी का छोरिहरु यसै विद्यालयमा अध्यनरत थिइन।
२०६५ सालमा राहत कोटाबाट शिक्षण पेसा गर्दै आएका चतुर नारायण प्रमाणी काभ्रे जिल्लाको सर्स्यूखर्क-१ जन चेतना माविमा कार्यरत छन । छोरीहरुलाई आफ्नो आँखाबाट टाढा राख्न नसकेर जन्मघर भन्द टाढा आफु संगै राखेर शिक्षाको उच्च ओहोदमा पुर्‍याउने सपना बुन्दै थिए प्रमाणी ।
विशेषगरी मदेशी समुदायले हर्ष र उल्लासका साथ मनाउने चाड छठ पर्व मनाउन तराई गएकी चार छोरीहरु चित्ररेखा, चन्द्ररेखा,चित्रलेखा,चन्द्रलेखा छठ सकेर काभ्रे कै बालकल्याण प्राविको शिक्षक प्रमोद कुमार इसार संगै फर्किने क्रममा बस दुर्घटनामा शिक्षक सहित चार छोरीको घट्न स्थलमै निधन भएको हो ।
दुई जना छोरी कक्षा १० मा,एक जना कक्षा ८ मा र अर्कि कक्षा ५ मा अध्यनरत छात्राहरुको असामयिक निधनले विद्यालय शोक मा डुबेको छ । उक्त घट्नको शोक सभा तथा उनिहरुको सम्जना को लागि कार्तिक १२ र १३ गते विद्यालय समेत बन्द  गरेको थियो ।साथै शोकाकुल परिवारलाई धैर्यधारण गर्ने शक्ति मिलोश भन्दै उक्त विद्यालय परिवारले प्रार्थना समेत गरेका छन ।

चतुर नारायण प्रमानीका मृतक चार छोरीहरु

१२ कार्तिक २०७४, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको