बन्दि श्रीमानलाई भेट्न गएकि श्रीमतीलाई असइले आँखा लगाए पछि कुटिए


विभिन्न अभियोगमा बन्दी जिवन बिताईरहेकाहरुलाई भेट्न जाने महिलाहरुलाई कारागारमा खटिने प्रहरी अधिकृत तथा प्रहरी जवानबाट यौनजन्य हिसां हुने गरेको चर्चा बेला बेला हुने गरेको छ ।

केही स्थानमा त यतिसम्म भएको छ की प्रहरीका जवानले बन्दिका श्रीमतिलाई बन्दी भेट्न गएकै आवस्थामा बन्ने सम्बन्धका आधारमा यौनसम्बन्धको प्रस्ताव समेत हुने गरेको चर्चा समेत नभएको होईन । तर मंगलबार राजधानीमा अर्को अनौठो घटना घटेको छ । कारागारमा बन्दी श्रीमानलाई भेट्न आएकी एक महिलालाई प्रहरीका असईले नै बाहिर भेट्न बोलाएको पत्तो पाएपछि बन्दि श्रीमानबाटै असई कुटिएका छन ।

नख्खु कारागारमा अपहरण मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका सुजन यादवकी श्रीमतीलाई फोन नम्बर साटेर बाहिर बाहिर भेट्न बोलाएको थाहा पाएपछि नख्खु कारागारमै कार्यरत असई नरबहादुर थापा बन्दीबाटै कुटिएका हुन् । मंगलबार यादव र श्रीमतीवीच भेटघाट भईसकेपछि उनले महिलालाई बाहिर भेट्न बोलाएका थिए ।

असईको चाल बुझेपछि बन्दी यादवले श्रीमति र असईलाई सम्झाउदाँसमेत नमानेपछि बन्दि यादवले असईलाई झापड हानेको प्रहरी नायव निरिक्षक रेख बहादुर श्रेष्ठले बताए । भेट्न आएका बन्दीका आफन्तलाई दुर्वव्यवहार गर्ने असई थापालाई प्रहरीले कारबाहीको प्रक्रिया थालेको छ ।

टिभी अन्नपूर्णबाट

२०७४ आश्विन १३,शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको