जनकपुरबासीले माधव नेपाललाई ढुङ्गामुढाले स्वागत गर्दा प्रचण्डलाई फुलले स्वागत गरे


जनकपुर, भदौ। चुनाव प्रचारका लागि प्रदेश न २ को जनकपुर पुगेका एमाले नेता माधव नेपालमाथि ढुङ्गामुढा प्रहार गरिएको छ । नेपाल आज जनकपुर पुगेका थिए ।

स्थानीय जनताले नेपालको आगमनको विरोध गर्दै एमाले पार्टी कार्यालय अगाड़ि प्रदर्शन गरेका छन् ।

नेकपा एमाले मधेसविरोधी भएकोले नेता नेपाललाई मधेश छिर्ने कुनै अधिकार नभएको प्रदर्शनकारीले बताएका छन । संविधान संशोधन प्रस्तावको विरोधमा एमालेले मतदान गरेपछि कतीपय स्थानमा एमाले निषेधको होर्डिंग बोर्ड समेत राखिएको छ ।

उता माओवादी केन्द्रले भने प्रदेश नं.२ को चुनावी रणनीति बनाउन आज जनकपुरमा नै सचिवालय बैठक सम्पन्न गरेको छ ।

माओवादी केन्द्रका नेताहरू र अध्यक्ष प्रचण्डको भने स्थानीयले स्वागत गरेका छन । आज बिहानमात्रै दर्जनौ स्थानीयहरूले प्रचण्डसँग मधेशका समस्याबारे छलफल गरेको प्रचण्ड सचिवालयले जनाएको छ ।

यसअघि पनि नेकपा एमालेको मेची–महाकाली जागरण अभियानका क्रममा मधेसमा आयोजना गरिएको आमसभापछि झड्प भएको थियो । जसमा केहीको मृत्यु र दर्जनौ व्यक्ति घाइते भएका थिए ।

त्यसपछि एमालेले केही दिन आफ्नो कार्यक्रम स्थगित गरेको थियो । मधेसी दलले उठाउदै आएको संविधान संशोधनको विषयमा एमाले र अध्यक्ष केपी ओलीको असहयोगका कारण संसदबाट विधेयक अस्वीकृत भएको उनीहरुको आरोप छ ।

एभरेस्ट दैनिकबाट 

१३ भाद्र २०७४, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको