सावधान: किराले महिलाको चुल्ठो काट्दै छ!


पोष्टपाटी/रुपन्देही 

केही दिन यता रुपन्देहीको दक्षिणी क्षेत्रमा थाहै नपाई कपाल काटिने अपत्यारिलो घटनाका विषयमा प्रहरीले वास्तविकता पत्ता लगाएको छ । साता दिनयता रुपन्देही जिल्लामा अहिलेसम्म १३ जनाको कपाल काटिएपछि जिल्ला प्रहरी कार्यालय रुपन्देहीले गरेको अनुसन्धानले किराले कपाल कटने गरेको पुष्टि भएको छ ।

प्रहरी कार्यालयले बुधबार पत्रकार सम्मेलन गरी कपाल किराले काटेको प्रमाणति गरेको बताएको छ । यद्यपी के कारणले बेहोस भएको भन्नेबारे भने अनुसन्धान भइरहेको प्रहरीको भनाई छ । कार्यालयका प्रहरी प्रमुख श्यामलाल ज्ञवालीले किराले कपाल काटेर गएको सूचना पाएपछि उक्त किरालाई समातेर कपाल कटाएर पुष्टि गरिएको बताउनुभयो ।

घटना अपत्यारिलो भएकाले सबैमा त्रास फैलिएकाले आफुहरुले अनुसन्धान सुरु गरेको र किराले नै कपाल काटेको पुष्टि भएको प्रहरी प्रमुख ज्ञवालीले बताउनुभयो, जनता समाचारमा खबर छ ।

१३ भाद्र २०७४, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको