नेपाल आइडलले दियो चेतावनी: प्रतीयोगीलाई जातियमा सिमित गरे उक्त प्रतीयोगी खारेज गरिने’


पोष्टपाटी/काठमाडौं

हाल चर्चामा रहेको सांगितिक रियालीटि सो ‘नेपाल आइडल’ले प्रतीयोगीहरुलाई कुनै एकल समुदाय वा जातीयमा सिमित नगर्न चेतावनी दिएको छ ।नेपाल आइडलको आफ्नो आधिकारिक फेसबुक मार्फत नोट जारि गर्दै भनेको छ, यदि त्यसो गरिएको पाएमा सम्बन्धित प्रतिष्पर्धीलाई प्रतियोगिताको दाबेवारी खारेज हुन सक्ने समेत बताएको छ।

नेपाल आइडलले चेतावनी दिदै भनेको छ, ‘धर्म, जाति अनि समुदायलाई लक्षित गरेर आफ्ना प्रतिष्पर्धीलाई ठिक अरुका प्रतिष्पर्धीलाई बेठिक भन्दै दुस्प्रचार गरेर देशकै आइडलहरुलाई एक समुदाय वा जातिमा मात्र सिमित गर्ने अधिकार कसैलाई नभएको बताएको छ।

‘यदि कुनै प्रतियाेगी वा प्रतियाेगिकाे सम्बन्धितले त्यस्ताे गरेमा साे प्रतीयोगीको दावेदारी खारेज हुनसक्छ, यदि त्यसो हुन गएमा त्यसको जिम्मेवार कसले लिने ?’ भन्दै नेपाल आइडलले प्रश्न बाचक चिन्ह खडा गरेको छ।

भोटिंग बिशुद्द हुन्छ, त्यहि नै यसको सुन्दरता हो भन्दै नेपाल आइडलले थप स्पस्ट पारेको छ, कसैको सनक र अरण्ड्य रोदनको भरमा फ्रेमान्टल मिडिया लिमिटेडले नेपालका लागि भनेर यसको आफ्नै फर्मेट र त्यसले तोकेको नियम परिवर्तन गर्न सक्दैन, त्यसैले शो लाइ बिबादित नगराउन अनुरोध गरेको छ।

यसरि धर्म जाति र समुदायलाई मुछेर प्रतिभाहरुलाई असर पर्ने भयो भने यति दुख गरेर सफलताको यो शिखरसम्म आइपुगेका नेपाल आमाका यी उत्कृष्ट सन्ततिहरुको पीडाको भागीदार को बन्ने भन्दै प्रश्न उठाएको छ।

धेरैले मनपराएको यो शो लाई यसरि बिबादित नबनाई मन पर्नेलाई भोट गरेर जिताउन आग्रह गरेको छ। नेपाल आइडलको गरिमालाई कुनै एक जाति वा समुदायमा नखुम्च्याऔ सबै प्रतियोगीहरु एक सम्मान छन् र रहनेछन, नेपाल आइडलले भनेको छ।

खासगरि पछिल्लो साता अतिथि गेष्ट जजको रुपमा निम्त्याइएका गायक राम कृष्ण ढकालको अभिव्यक्तिलाई जाति विशेषमा जोडेर सामाजिक संजालमा तिब्र बिरोध भएको थियो। कार्यक्रममा उनले आफ्नो मनपर्ने प्रतिस्पर्धी निशान भट्टराई र प्रताप दास रहेको बताउँदै भने, ‘प्रताप दास, निशान भट्टराई जस्तो राम्रो गायकहरु डेन्जर जोनमा पर्दा दुःख लाग्छ।’ उनले निशानका लागि कार्यक्रम सकिएपछि भोट हाल्ने आश्वासन दिँदै सबैलाई अनुरोध पनि गरे,‘हाम्रालाई भन्दा राम्रालाई भोट हालौँ।’

त्यसकारण रामकृष्ण ढकालले भनेका थिए ‘अहिले त फोनको घण्टी बज्दासमेत आतंकित हुन थालेको छु, ‘फेसबुक हेर्नै डर लाग्न थालेको छ ।’

तीव्र र छुद्र आलोचना पचाउन नसकेर ढकालले केही रेकर्डिङको कामसमेत गर्न सकेनन् । र, अर्को दिनका लागि थाती राखेका थिए । उनी यतिबेला तनावबीच घेरिएका छन् ।

हेर्नुहोस नेपाल आइडलले यस्तो भनेको छ:- 

Nepal Idol एक अन्तराष्ट्रिय शो हो, यसको अाफ्नै नियम र तरिका हुन्छ । अरू पर्दा ठीक, अाफु पर्दा बेठीक र अाफ्नो जात, धर्म अनि समुदायको हुदा ठीक अरूको हुदा बेठीक भनि यसको दुष्प्रचार गरेर यसमा भएका देशकै अाईडलहरुलाई एक समुदाय वा एक जातीमामात्र सीमित गर्ने अधिकार कसैलाई छैन । यदि कुनै प्रतियाेगी वा प्रतियाेगिकाे सम्बन्धितले त्यस्ताे गरेमा साे प्रतीयोगीको दावेदारी खारेज हुन सक्छ यदि त्यस्ताे हुन गएमा त्यसको जिम्मेवारी कसले लिने ? भोटिगं विशुद्द हुन्छ, त्यहि नै यसको सुन्दरता हो । कसैको सनक र अरण्ड्य रोदनको भरमा Fremantle Media Ltd. ले नेपालका लागि भनेर यसको फरमेट र त्यसले तोकेको नियम परिवर्तन गर्न सक्दैन, त्यसैले शोमा विवादित गराएर यदि ती प्रतिभालाइ असर पर्ने भयाे भने यति दुख गरेर सफलताको यो शिखरसम्म पुगेका नेपाल अामाका यी उत्कृष्ट सन्ततीकोहरुको पीडाको भागीदार को बन्ने ? त्यसैले शो को मजा लिअौं, मन पर्नेलाई भाेट गरौ, जिताअौं, नेपाल अाईडलको गरिमालाई कुनै एक जाती वा समुदायमा नखुम्चाअौ । AP1 र नेपाल अाईडलका लागि सबै प्रतियोगीहरू एकसमान छन् र रहनेछन् ।

१३ भाद्र २०७४, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको