बालकोटमा एमाले स्थायी कमिटी बैठक सुरू, यी विषयमा हुँदैछ छलफल


नेकपा एमालेको स्थायी कमिटी बैठक बसिरहेको छ । अध्यक्ष केपी ओलीको निजी निवास बालकोटमा जारी बैठकमा प्रदेशसभाका सांसदहरुको नाम टुंगो लगाउने र राजनीतिक गतिरोध कसरी अन्त्य गर्न सकिन्छ भन्ने विषयमा छलफल भइरहेको सचिव योगेश भट्टराईले जानकारी दिए ।

बिहीबारको बैठकले सम्भवत: प्रदेशसभाका समानुपातिक सांसदको नाम टुंगो लगाउने भट्टराईले बताए । पुस १५ भित्र प्रदेशसभाका समानुपातिक सांसदको नाम निर्वाचन आयोगमा पठाइसक्नुपर्नेछ ।

बैठकमा पार्टी एकता, नयाँ सरकार गठन, अध्यादेशका विकल्पलगायत विषयमा छलफल हुनेछ । बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग बुधबार भएको छलफलबारे अध्यक्ष ओलीले ब्रिफिङ गर्नेछन् ।

प्रतिनिधिसभा/प्रदेशसभा निर्वाचनमा एमाले पहिलो पार्टी भए पनि राष्ट्रपति कार्यालयमा राष्ट्रियसभा निर्वाचन अध्यादेश रोकिंदा प्रतिनिधिसभाको नतिजा सार्वजनिक भएको छैन, कान्तिपुरमा खबर छ ।

प्रकाशित : पुस १३, २०७४ १०:३६

१३ पुष २०७४, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको