योजना मनोमानी बाँडफाँड गर्दा वडाअध्यक्षले नेकपा कार्यकर्ता द्वारा कुटाई खाए


भोजपुर, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले अघिल्लो हप्ता वडाअध्यक्षमाथि भएको कुटपिटको जिम्मा लिएको छ। गत शुक्रबार भोजपुरको पूर्वी अरुण गाउँपालिका– १ का वडाध्यक्ष नगेन्द्र खत्रीमाथि कुटपिट भएको थियो।

गम्भीर घाइते खत्रीको प्याउली अस्पतालमा उपचार हुन नसकेपछि ललितपुरको पाटन अस्पतालमा उपचार भइरहेको छ। विप्लवको पार्टीले बिहीबार विज्ञप्ति सार्वजनिक गर्दै कुटपिटको जिम्मा लिएको हो।

विज्ञप्तिमा खत्रीले पार्टी आस्थाको आधारमा योजना मनोमानी बाँडफाँड गरेको, नेपाल कम्युनिष्ट पार्टीविरुद्ध सुराकी गरेको र जनपक्षीय काम नगरेकाले भौतिक कारबाही गरेको उल्लेख गरिएको छ।

खत्रीलाई कार्यालय जाँदै गर्दा बाटामा विप्लप समूहका कार्यकर्ताको मुख थुनेर मरणासन्न कुटपिट गरेका थिए।घटना बारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायब उपरीक्षक दिपेन्द्र पञ्जियार थारुले जानकारी दिए।

अन्नपूर्ण पोष्टबाट

१३ पुष २०७४, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको