संचारकर्मी सुबास शर्माको परदेशबाट आयो यस्तो खबर (भिडियो)


दाङ घर भएका लेखक तथा संचारकर्मी सुबास शर्मा हाल युएईमा रोजगारी गर्छन । युएईबाटै पत्रकारिता क्षेत्रमा पनि कलम चलाई रहेका छन् तर यसपाली भने उनि त्यहि प्रबासी भुमिबाटै ‘रङ्ग कर्मी कलाकार’ बनेका छन् ।

बुढा सुब्बा डिजिटल प्रालिले बजारमा ल्याएको म्युजिक भिडियो ‘परदेशबाट आयो यस्तो खबर’ मा पत्रकार शर्माको मोडलिङ रहेको छ । उक्त म्युजिक भिडियोमा गोपाल नामीले स्वर दिएका छन् भने म्युजिक भिडियोको निर्माण पनि आफ्नै रहेको  छ ।

त्यसैगरी अनिश श्रेष्ठको संगीतमा रहेको गितमा केशव कटवालको भिडियो निर्देशन रहेको छ ।

पहिलो पटक मोडलिङमा पाइलो टेकेका सुबास शर्माको म्युजिक भिडियोमा देशका श्रमिक युवाहरुको भोगाई तथा दु:ख दर्दलाई चित्रण गरिएको छ। मोडलिङका मुख्य पात्र सुबास शर्मालाई कलाकार मेनुकाले साथ् दिएकी छिन ।

हेर्नुहोस म्युजिक भिडियो :-

 

२०७४ पुष १३,बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको