पूर्वराजा र रानी दुई हप्ताको कार्यक्रमसहित नेपालगञ्ज जाँदै, यस्तो छ कारण,


काठमाडौं, १३ पुस, -पूर्वराजा ज्ञानेन्द्र शाह करिब दुई हप्ताको कार्यक्रमसहित मध्य पश्चिम र सुदूरपश्चिमको भ्रमणकालागि आज नेपालगञ्जतर्फ प्रस्थान गर्दैै छन् ।

पूर्वराजा ज्ञानेन्द्र शाह पत्नी कोमलका साथ आज दिउँसो १ः४५ बजेको उडानबाट नेपालगञ्ज प्रस्थान गर्न लागेको सहयोगी फडी पाठकले जानकारी दिनुभयो ।

‘करिव २ हप्ताको कार्यक्रमसहित पूर्वराजा र रानी आज नेपालगञ्ज प्रस्थान गर्ने कार्यक्रम छ’, पाठकले भने, ‘पूर्वराजा र रानीको स्वागतका लागि नेपालगञ्जमा भव्य तयारी भएको छ ।’

पूर्वराजा ज्ञानेन्द्र शाहले मध्य र सुदूरपश्चिमका विभिन्न शक्तिपीठका साथै समाजका अगुवाहरूसँग भेटवार्ता गर्ने बताइएको छ ।

१३ पुष २०७४, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको