दाङ । तुलसीपुरको भमकेमा एउटा अनौंठो घटना घटेको छ । यहाँकी एकजना ६४ बर्षीया महिलालले आफ्नै पतिका चारवटा औंला काटेर पोलेर खाएको प्रहरीले जानकारी दिएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. १ भमेक निवासी ६४ बर्षीया रिसमी महतराले आफ्नै ६४ बर्षीय पति चन्द्रबहादुर महताराको बुधवार साँझ चारवटा औंला काटेर पोलेर खाएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं डिएसपी प्रकाश सापकोटाले तुलसीपुर अनलाईनलाई बताए ।
बुधवार साँझ मदिराले मातेर आएका चन्द्रबहादुरलाई समातेर गरासीले चारवटा औंला काटेर पोलेर खाएको रिसमीले प्रहरी समक्ष बयान दिएकी छन् ।
‘दायाँ हातको बुढी औंला बाहेक अन्य सबै औंला गराँसीले काटेर पोलेर खाएकी हुँ ।’ रिसमीले प्रहरीले विहीवार विहान प्रहरी समक्ष दिएको बयान यही हो ।
घाईते चन्द्रबहादुरलाई भने राप्ती अञ्चल अस्पताल तुलसीपुरको प्रारम्भिक उपचारपछि थप उपचारका लागि विहीवार विहानै बाँकेको कोहलपुर रेफर गरिएको छ । बुधवार बेलुका साढे ६ बजेतिर भमके स्थित घरमै रिसमीले पति चन्द्रबहादुरका चारवटा औंला काटेर पोलेर खाएको भएपनि घटना विहीवार विहान मात्रै प्रहरीलाई जानकारी दिइएको ईप्रका प्रमुख सापकोटाले बताए ।
विहीवार विहान ६ बजे मात्रै चन्द्रबहादुरलाई उपचारकालागि तुलसीपुरको अञ्चल अस्पतालमा ल्याएपछि घटना सार्वजनिक भएको हो । रिसमी चन्द्रबहादुरको पहिलो पत्नी हुन । तर चन्द्रबहादुरले उनी भन्दा पछि थप ६ वटा श्रीमती विहे गरेका थिए । हाल भने चन्द्रबहादुर संग रिसमी मात्रै बस्दै आएकी थिइन ।
छोरा छुट्टीएर अलगै बस्दै आएका थिए भने छोरीहरु सबैको विहे भइसकेको थियो । त्यसैले चन्द्रबहादुर र उनकी पत्नी रिसमी मात्रै एक्लै बस्दै आएका थिए । तर चन्द्रबहादुरले बुढेसकालमा पनि संधै मदिरा सवेन गरि यातना दिने गरेको र वारम्वारको यातना सहन गर्न नसकी आवेगमा आएर आफुले पतिको औंला काटेर पोलेर खाएको भन्ने वयान रिसमीले प्रही समक्ष दिएकी छन् ।
१३ पुष २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस