फेरी सडकमाथिबाट सुख्खा पहिरो झरेपछि सडक बन्द हुदा यात्रु अलपत्र |


गुल्मी, असोज १२ – सडकमाथिबाट सुख्खा पहिरो झरेपछि गुल्मीको तम्घास–रिडी सडक फेरि बन्द भएको छ । रेसुंगा नगरपालिका १३ भंगारीमा बुधबार राती धुले पहिरो खसेपछि सडक खण्ड अवरुद्ध भएको हो । तम्घासबाट रिडी, पाल्पा, बुटवल, काठमाडौंलगायत गन्तव्यमा हिँडेका सवारी साधन र दशैं मनाउन घर जाँदै गरेका सयौ यात्रुहरु बाटोमा अलपत्र परेका छन् ।
बिहीवार बिहान पानी परेको कारण पहिरो खसिरहेकाले तत्काल सडक खुलाउन सकिने सम्भावना नरहेको ट्राफिक प्रहरी कार्यालय गुल्मीका प्रमुख डोर बहादुर थापाले जानकारी दिए ।
‘वर्षाका कारण सडकभन्दा धेरै माथिको भीरबाट पहिरो खसेकाको थियो । केहीदिन अघिनै धुले पहिरो खस्दै आएको थियो,’उनले भने । एक बर्ष अगाडि गरिएको सडक विस्तारका क्रममा कटिङ नमिलाइएका कारण पहिरोको जोखिम निम्तिएको स्थानीय बासिन्दाको भनाइ रहेको छ । नागरिक दैनिकमा खबर छ |

१२ आश्विन २०७४, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको