चितवन देखि काठमाण्डौ आउँदा फेला परेको यो कर्मठ, कर्तव्य निष्ठ भाई। फरियाद आलम भाई जसलाई आलम भाई भनेको मनपर्छ।
कति क्लासमा पढछौ भाई भनेर मैले साधें उसलाई। उसले भन्यो “मैले धेरै पढेको छैन, अहिले १० मा पढ्दै छु सरकारी स्कुलमा।” मैले फेरी प्रश्न तेर्सायें “यो धेरै पढ्या भन्या चाहिँ के हो भाई?” जवाफ आयो ब्यास्लर्स, मास्टर्स पढेकोलाई म धेरै पढेको मान्छु। अहिले २१ वरष को भएँ र भर्खर १० कक्षामा पढ्छु”। भाईले यति भने पछि मलाई यो भाईको केहि त पक्कै कथा छ भनेर कुरा गर्न मनलाग्यो र कुरा अघि बढाएं।
तिम्रो नाम के हो भाई?? म मुस्लिम हो। मेरो नाम “फरियाद आलम”।
वाह ‘फरियाद पुरा होस” भनेर भन्छ नि त्यहि हो? मैले साधें। “अं! त्यो पनि हो र हाम्रो मुस्लिम धर्ममा केहि कामको सुरुवात गर्नु अघि यो भनिन्छ जस्तै हिन्दुमा गणेश को पूजा गरिन्छ नि! हो त्यस्तै”।
आहा! कस्तो राम्रो नाम तिम्रो भाई । अनि के गर्छौ तिमि भनेर साधें! म “टेक्निसियन” हो । मलाई यस विषयको जे नि गर्न आउँछ भन्यो भाईले। “वाह! तिमि त ठुलो मान्छे रैछौ यार! सिप भाको मान्छे”। “सिप भएर के गर्नु दिदी कम्पनीमा त डिग्री छ की छैन भनेर सोद्धछन् अनि डिग्री छैन भनेर थोरै पैसा दिन्छन्। मेरो थेउरिकल नलेज त्यति धेरै छैन। म कन्ट्रयाक्ट बेसिसमा काम गर्छु। मैले अहिले सम्म सैयौं लाई प्र्याक्टिकल तालिम दिएर पठाई सकेको छु। मलाई प्र्याक्टिकल त सबै आउँछ।
अब १० पछि overseal पढ्छु अनि इंजीनियरिंग पनि गर्छु। मेरो परिवारमा यति धेरै पढ्ने म मात्रै हुनेछु। मलाई पनि पढ्न मन छ। पहिला गाउँमा एकदम टेन्सन, झमेला भएर ५ क्लासमा पढाई छोडेर काठमाण्डौ आको, आर्थिक स्थिति पनि धेरै कमजोर थियो। त्यसपछि यहाँ ट्रेनिङहरु लिएं अनि काम गर्न थालें। मैले पहिला घरमा महिनाको २०,००० पठाउँथे।
अहिले आफैलाई खर्च ठिक्क हुन्छ। म स्कुल पनि जान थालें अनि एउटा ठाउँमा मात्र काम गर्छु अहिले। म बुवालाई भन्छु, “मैले चाहें भने अहिले नै महिनाको ३०,०००-४०,००० कमाउन सक्छु तर अहिले यति कामाउन मात्र लाग्यो भने भविष्यमा धेरै कामाउन सकिन्न र education पनि समय अनुसारको पाउँदिन त्यहि भएर बरु अहिले ऋण लिनुस, म तिर्न सक्छु पछि तर अहिले पैसा पठाउँदिन” भनेको छु बुवालाई। दिदी! “अहिलेको भन्दा नि केहि वर्ष अगाडीको सोचेर अघि बढ्नु पर्छ” हो कि नाइ भन्नु न भनि भाईले प्रश्न तेरसायो अनि मैले हो नि भाई भन्दै कुरा अघि बढाएं।
अनि तिमि चाई के को बढी काम गर्छौ? “म? हाहा! मलाई त अफिसमा One man Army भन्छन्। मलाई जे पनि बनाउन आउँछ। म सँग सर्टिफिकेट हरूपनी छन् तालिम र अनुभवको। मान्छेहरु सोद्धछन् कसरी दुइटा दुइटा सर्टिफिकेट एकै चोटी आयो भनेर। तर उनीहरुलाई थाहा छैन, मैले ३ घण्टा मात्रै सुतेर काम गरेको छु। बेलुका १० देखि २ एउटा ठाउँ, बिहान ५ देखि ११ स्कुल अनि खाना खाएर अफिसको काममा। यसरी ३ घण्टा मात्र सुतेर स्कुल जाँदा बिहान आँखा रातो देखेर मिसले “गाँजा खाएर आयौ कि क्या हो?” भनेर हप्काको कुरा पनि फरियादले भन्यो।
मैले धेरै ठाउँमा टेक्निसियन भएर काम गरेको छु। अदालत, होटल, बैंक, डि. डि. सि. , अरु आफिस र कस्टुमरको काम। मैले जहाँ जहाँ काम गर्थे, सबैले मलाई तिमि काम पनि राम्रो गर्छौ, मान्छे पनि मिजासिल छौ। “स्कुल पनि पढ्नुपर्छ” भन्नु हुन्थ्यो। अनि मैले सोचें यस्तो ठुलो ठुलो मान्छेले त पक्कै मेरो भलाईको लागि नै पढ्न भनेको होला त्यहि भएर स्कुल जोइन गरें। स्कुल-काम-बस्ने ठाउँ एउटै एरियामा खोजें र पाएं पनि। बाघबजारमा म बस्न थालेको ६ वर्ष भन्दा बढी भयो। म एक्लै बस्छु। साथीहरु त छन् तर बेस्ट फ्रेन्ड चाहिँ छैन।
क्लासमा उमेरको ग्यापले कुरा मिल्दैन, अनि गाउँमा म जस्तो मेरो उमेरका ८०-९०% खाडी देश गएका छन् बाँकी साथीहरु पढे लेखेका छैनन् र हाम्रो सोच नै मिल्दैन। मलाई साथीहरुले भिसा पठाइदिउँ भनेर भनि रहन्छन् तर म भन्छु, “हेर केटा हो! म विदेश त आउँछु तर काम गर्न होइन घुम्न र बिजनेस डिल गर्न”। आफ्नै देशमा काम गर्नुछ मलाई त। गरे के सकिन्न र होइन दिदी? भन्दै भाईले मलाई पुलुक्क हेर्दा म उसलाई नै हेरि मुस्कुराउँदै थिएँ। मेरो एउटा सपना छ कम्पनी खोल्ने आफ्नै र धेरै रोजगारी दिने। मैले देशमा गर्ने भनेको त यही त हो नी है दिदी? भनेर भाईले सोध्यो।
मैले भनें, “हो भाई। तिमिले देश लाई आफ्नो तर्फ बाट दिने योगदान भनेको यहि हो र यसकै लागि तिमीलाई वातावरण चाहिन्छ। त्यहि वातावरण बनाउन चाहिँ म र मेरो टीम लागि परेको छ। तिमि आफ्नो काम मै ध्यान देउ है। हामी तिम्रो साथमा छौं”।
रन्जु दर्शनाको बल्गबाट !
प्रतिक्रिया दिनुहोस