कति पटक हुने शारीरिक सम्बन्धलाई धेरै वा थोरै मान्ने भन्ने विषयमा दुविधा भएको पनि धेरै भैसकेको छ । अनुसन्धानैपिच्छे फरक–फरक तथ्यांक आएपछि किन्से इन्स्टिच्युटका अनुसन्धानकर्ताहरूले एक सर्वेक्षणमार्फत यो कुरालाई आधिकारिक बनाउने प्रयास गरेका छन् ।
इन्स्टिच्युटले यौन प्रजनन र यौनिकताको विषयमा गरेको अनुसन्धानको नतिजालाई हालै सार्वजनिक गरेको छ । उक्त अनुसन्धानले मनिसको उमेरअनुसार शारीरिक सम्बन्धको संख्यामा फरक आउने हुनाले यसलाई उमेरको मापदण्डअनुसार व्याख्या गर्नुपर्ने बताएको छ ।
सर्वेक्षणअनुसार १८ देखि २९ वर्ष उमेरका व्यक्तिले वार्षिक औसत रूपमा १ सय १२ पटक यौनसम्बन्ध राख्छन् । यसका आधारमा उनीहरूले सातामा दुईपटक यौन सम्बन्ध राख्ने गरेका छन् । यसैगरी ३० देखि ३९ वर्षकाले प्रतिवर्ष ८६ पटक अर्थात् सातामा १ दशमलव ६ तथा ४० देखि ४९ वर्षकाले ६९ पटक यौनसम्बन्ध राख्ने गरेका छन् । यो तथ्यांकको सारका रूपमा अनुसन्धानकर्ताहरूले मानिसको उमेर बढ्दै गएपछि यौन चाहना पनि घट्दै जाने हुनाले यसलाई शारीरिक समस्या मान्न भनेका छन् ।
साप्ताहिक बाट
प्रतिक्रिया दिनुहोस