प्रथम महिला गुल्मपति बनिन सृष्टि खड्का


पोष्टपाटी/काठमाडौं 

नेपाली सेनाको इतिहासमा प्रथम महिला गुल्मपति बनेकी छिन्–सृष्टि खड्का । ३० वर्षीया सृष्टि सेनाले महिलालाई मात्र समेटेर गठन गरेको गोरखकाली गुल्मकी गुल्मपति भएकी हुन् ।

पुल्चोककी सृष्टिले त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेकी छिन् ।

१७ माघ २०६१ मा अधिकृतका रूपमा नेपाली सेनामा प्रवेश गरेकी मेजर सृष्टिलाई १ साउनदेखि लागू हुने गरी महिला गुल्मको कमान्ड सुम्पिइएको हो । खड्काको पहिलो पोस्टिङ राजदल गणमा भएको थियो ।

झन्डै १३ वर्षे सैनिक सेवाका क्रममा उनले सेनाको मनोवैज्ञानिक शाखा, सुदूरपश्चिम पृतना तथा सेवा दलमा काम  गरिसकेकी छिन् ।

सृष्टिसँग राष्ट्रसंघीय शान्ति मिसनका क्रममा सुडानमा काम गरेको अनुभव पनि छ ।

१२ भाद्र २०७४, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको