पोष्टपाटी!
युएईमा हुने मानव तस्कर प्रकरणले निम्त्याएको समस्या र अस्थिरता बारे सम्बधित निकायहरु मौन बसिरहेको बेला युएईमा रहेको नेपाली जन प्रगतिशील मंच युएईले घटनाको छानबिन गर्न आफ्नो पार्टी हेड्क्वाटर समक्ष निबेदन सहितको फाइल आज बुझाएको छ।
युएईमा रहेको दूतावास, पीडितहरु प्रति अनुत्तरित बन्दै दलालहरुलाई समरक्षण गर्ने खालको हर्कत देखिए पछि, लक्षित बर्गको संरक्षणमा स्थापित दूतावासको नियत माथि छानबिन गर्न प्रगतिशील मंचले आफ्नो पार्टी हेड्क्वाटर पेरिसडाँडालाई ध्यानाकर्षण गराएको छ।
निबेदन सहितको संस्थागत फाइल वाइसीएल केन्द्रीय सास्कृतिक बिभाग प्रमुख तथा केन्द्रीय कार्यालय सचिब नवीन खड्का मार्फत पार्टी हेड्क्वाटर सचिवालय सदस्य तथा अध्यक्ष प्रचण्ड पुत्र प्रकाश दाहाललाई बुझाइएको छ।
युएईमा दलालहरु द्वारा पीडितहरु दिनानुदिन ठगीदै गैरहेको तर पीडितहरुको संरक्षणका लागि स्थापना गरिएको सरकारी निकाय दूतावास युएइ स्वयम गैर जिम्मेवार बन्दै गैरहेको बिषयलाई समेटिएर ध्यानाकर्षण गराइएको रिपोर्टमुलक फाइल पार्टिलाइ बुझाएको जन प्रगतिशील मंचका अध्यक्ष हेमन्त पौडेलले पोष्टपाटीलाई बताए।
पौडेलका अनुसार युएई स्थित रहेको दुताबास दलालहरु संग बढी हिचमिच भएर लुटिएका पिडितहरुको न्याय ओझेलमा पारेको आरोप लगाउदै युएईमा रहेका नेपाली श्रमिकहरु दूतावास प्रति आक्रोसित भएका छन, यस्को कारण दूतावासका बर्तमान कार्यबाहक राजदुत र काउन्सिलरको दलाललाई कार्बाही गर्न नसकिने अभिव्यक्ति प्रति छानबिन गरि दोषी माथी कार्बाही गर्न निबेदनमा जोडदार माग गरिएको छ।
भर्खरै १४ जना नेपाल फर्काइएका पिडितहरुलाइ र अन्य युएईमा रहेका पिडितहरु (उद्दारको तयारिमा रहेका) लाई दलालहरुको मिलेमतोमा रोजगारको लागि पुनः युएइ फर्किन नपाउने गरि लाइफ ब्यान्ड गरि नेपाल फर्काएको/फर्काउदै गरेको बिषय माथिपनि छानबिन गर्न माग गरिएको छ ।
साथै पछिल्लोपटक युएईमा उब्जेका समस्याहरुको फेहरिस्त सहित मिडियामा आएका समाचारहरु सत्यतथ्य भएको र आबश्यक परे प्रमाणहरु पनि पेस गर्न सकिने मंचको निबेदनमा उल्लेख गरिएको छ ।
नेपाली जन प्रगतिशील मंचका अध्यक्ष द्वारा पठाएको उक्त फाइल बुझ्दै प्रकाश दाहालले भनेका छन “छिटोभन्दा छिटो घटनाको छानबिन गरि दोषी माथी आबस्यक कामकारबाही गर्न कदम चाल्ने छौ”, नबिन खड्काले प्रकाश दहाललाइ उदृतगर्दै पोष्टपाटीलाई बताए।
त्यसैगरि ओमानमा पनी नेपाली दीदी बहिनी हरूलाई दलाल द्वारा बन्धक बनाई (जेल जीवन जस्तै) यातना दिएर राखिएका १३ जना महिलाहरु मध्य एक जनाको उद्दार गरिएको र अरु पनि उद्दारको क्रममा रहेको छ।
अब भने युएईको दलालि प्रकरण निस्तेज हुन्छ? या अझै लम्बिन्छ ? वा नयाँ रिष्ता जोडेर नयाँ कहानी जन्मिन्छ? त्यो भने केही समय पछि सतहमा देख्न पाइने छ ।
प्रतिक्रिया दिनुहोस