बार्सेलोनाका नेइमारले ट्रेनिङ स्थलमा आफ्नै टिमका खेलाडी संग झगडा गरे


बार्सिलोनाका स्टार खेलाडी नेइमारले भर्खरै अनुबन्धित भएका सेमेडो प्रती दुव्र्यवहार गर्ने हर्कत गरेका छन। यो घटना बार्साको अमेरिकन प्रशिक्षण क्याम्प मियमी भएको थियो।

बार्सिलोनाको आफ्नो प्रशिक्षणको क्रममा नेइमार र नेल्सन सेमेडो बिच झगडा भएको छ । बल छकाउने क्रममा सेमेडोले नेइमारलाई टयाकल गरेपछि नेइमार रिसाउदै सेमेडोमाथी अभद्र ब्यवहार गरेका थिए।

नेइमारले सेमेडो माथि अपमान गर्ने कोशीस गर्दा सर्जियो बुस्केटले नेइमारलाई रोक्दै शान्त रहन आग्रह गरेको भिडियो फुटेज स्प्लास न्युजले क्याप्चर गरि आउट गरेको छ।

तर उनले आफ्नो हर्कत जारी राख्दै सेमेडोलाई धकेलेका थिए । त्यस पस्चात लगतै उनि रिसाउदै प्रशिक्षककै अगाडी क्रुर मुद्रामा लगाएको प्रशिक्षण कम्ब्याट उतारेर फ्याक्दै स्थल छाडेर गएका थिए ।

नेइमारको उक्त ब्यवहारले बार्सिलोनाको प्रशिक्षण नै बिथोलिएको खबर छ ।

नेइमार बर्सेलोना छोडेर महङ्गो मुल्यमा पिएसजि जाँने हल्ला भाइरल भै रहेको बेला उनको यस्तो हर्कतले उनी बार्सेलोनामा बस्ने बारे थप आशंका बढेको छ।

जुलाई ३० मा प्रतिद्वन्द्वी रेल म्याड्रीडको एल क्लासिको खेलमा उनको उपस्थिति हुन नसक्ने शंका उब्जेको छ।

हेर्नुहोस भिडियो फुटेज

१३ श्रावण २०७४, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको