म हुँ विद्यासुन्दर शाक्य


म हुँ विद्यासुन्दर शाक्य

संसारकै सबैभन्दा
दुर्गन्धित
प्रदुषित
न्यून अनुशासित
पतित नैतिकताले
शासित
शहरको कुनामा
डिग्री बेचिने
वेश्यालय झै
रुप भएको विद्यालयमा
विद्या हासिल गरेको
म “विद्या ”

लाज सरम
ईर्ष्या भावना
सिद्धान्त
नैतिकको चरम खडेरिमा
रानी पोखरी सुकाउने।
देश शहरको मान प्रतिष्ठा
कट्टुको खल्तीमा लुकाउने।
स्वर्गमा जस्तो भुमिमा
जन्मिइ सुन्दरहरुको
उत्कृष्ट नमुना
कुरुप चरित्रहीनताको
पराकाष्ठा
म “सुन्दर”

मेरो नाम विद्यासुन्दर शाक्य

लेखक कविराज बानियाँ

२०७४ पुष १२,बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको