दाङको तुलसीपुरबाट हराएका ६ बालिका पोखरामा भेटिए, होटेलमा यौंन शोषणको आशंका


पुस १२ , दाङ । दाङको तुलसीपुरबाट गत आईतबार बेपत्ता भएका ६ किशोरीहरु सम्पर्कमा आएका छन । चारदिनदेखि सम्पर्क विहिन भएका तुलसीपुरका दलित बालिका सामाजिक सञ्जाल मार्फत अभिभावकको सम्पर्कमा आएको खुल्न आएको छ ।

ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं डिएसी प्रकाश सापकोटाले अभिभावकले दिएको जानकारी अनुसार उनीहरुले आफुहरु पोखराको होटेलमा रहेको अवगत गराएको सूचना प्राप्त भएको बताए ।

तथ्य बुझ्नका लागि बुधवार विहानै ति अभिभावकलाई ईप्रका बोलाइएको र सूचना सत्य भएमा बालिकाको उद्धार तत्काल गरिने सापकोटाले बताए । हराई रहेका अधिकाँस बालिका तुलसीपुर ५ बसपार्क र तुसलीपुर बजार निवासी हुन । त्यसमा तुलसीपुरकै बोर्डिङहरुमा अध्यनरत बालिका पनि रहेका छन् ।

हराई रहेका मध्य केही बालिका गत आइतवार विहान ६ बजे विद्यालयमा ट्यिूसन पढन जान्छौं भनि विद्यालय पोशाक लगाएर घरवाट गएका थिए । तर उनीहरुको विद्यालय पोशाक र झोला तुलसीपुर ५ बसपार्क निवासी १४ बर्षीया कमला विकको घरमा फेला परेको सूचना अभिभावले दिएका छन् ।

उनीहरुलाई प्रलोभनमा पारेर होटेलहरुमा यौंन शोषण भइरहेको हुनसक्ने आशंका गर्दै प्रहरी खोजी तीव्र पारेको जानकारी दिएको छ ।

१२ पुष २०७४ मा प्रकासित

१२ पुष २०७४, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको