बामपन्थीले चुनाव जितेपछी मन्त्रालयका सचिबहरु भागाभाग


मन्त्रीले सिंहदरबार राति सम्म नछाड्दा सचिवहरुको भागाभाग भएको छ । कामचलाउ मन्त्रीबाट छलिन अधिकांश मन्त्रालयका सचिव ‘बाहिर’ हुने गर्छन । कतिपय मन्त्रीहरु चुनावपछि बिहानदेखि रातिसम्म मन्त्रालयमै ‘व्यस्त’ हुने गरेका छन् ।

निर्णय तहका उच्च पदस्थ कर्मचारीहरु मन्त्रालयभन्दा अन्यत्रै कार्यक्रम मिलाएर हिड्न थालेका छन् । अधिकांश मन्त्रालयका सचिव बिभिन्न बहानामा मन्त्रालयनै जान छाडेका छन् । तर, मन्त्रीहरुको मन्त्रालय मोह भने हेर्न लायक छ । अधिकांश मन्त्रालयमा मन्त्रीका झण्डावाला गाडी दिनभरी हुन्छन् । तर, सचिवका नेमप्लेटमा सधैं ‘बाहिर’ देखिन्छ, आजको अनलाइन खबरले हेडलाइन बनाएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्की केही दिनदेखि काठमाडौं बाहिर रहेका छन तर, कुन कामका लागि भन्ने कर्मचारीलाई थाहा छैन ।

कृषि विकास मन्त्रालय र पशुपन्छी विकास मन्त्रालयका सचिव डा. सुरोज पोखरेल पनि केही दिनदेखि बाहिर रहेछन् । पशुपन्छी विकास मन्त्रालयका सचिव विश्वनाथ ओली पनि मन्त्रालयमा थिएनन् ।

शहरी विकास मन्त्रालयमा मन्त्रीको गाडी थियो । तर, मन्त्रालयमा सचिव दिपेन्द्र थापाको नेमप्लेटमा पनि बाहिर उल्लेख थियो । थापा पनि केही दिनदेखि काठमाडौं बाहिर रहेको जानकारी उनको सचिवालयबाट प्राप्त भयो ।

त्यसपछि सूचना तथा सन्चार मन्त्रालय पुगियो, जहाँ सचिव केदार अधिकारी केही देखिनदेखि विदेश भ्रमणमा रहेछन् । मन्त्री मोहन बस्नेत र मन्त्राणी माण्डवी पनि विदेश भ्रमणमै रहेको र कार्यक्रम सकिएपछि पनि केही समय लम्ब्याएर घुमघाममा व्यस्त रहेको जानकारी प्राप्त भयो ।

चुनावको परिणामपछि सचिवहरु मन्त्रालय नआउने र आए पनि सकेसम्म मन्त्रीसँग तर्किएर हिड्ने गरेको एक मन्त्रीका स्वकीय सचिवले अनलाइन खबर संग गुनासो गरे ।

‘चुनावअघि मन्त्रीलाई नमस्कार गर्दै चार पाँच पटक हातमा फाइल बोकेर मन्त्रीको कार्यकक्षमा आउने सचिवहरु चुनावमा बामपन्थीले जितेसँगै मन्त्रीलाई भेट्नुपर्ला भनेर तर्किदै हिड्न थालेका छन्’, एकजना मन्त्रीका सहयोगीले भने, ‘अनुगमन र अनेक कार्यक्रम बनाएर बाहिर जिल्ला जाने वा विदा बस्नेसम्मका घटना पनि हुन थालेका छन् ।’

मुख्य सचिवलाई एमालेको चेतावनी

चुनाव परिणाम आइनसक्दै प्रधानमन्त्री शेरवहादुर देउवाले क्याबिनेट बैठक बोलाएका थिए । सोही बैठकबाट केही सरकारी निकायमा राजनीतिक नियुक्ति गरिएपछि एमालेले मुख्य सचिव र सचिवहरुलाई चेतावनी सहितको विज्ञप्ति जारी गर्‍यो ।

त्यसलगत्तै मुख्य सचिव लोकदर्शक रेग्मी एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी अध्यक्ष प्रचण्ड, एमाले महासचिव ईश्वर पोखरेल लगायतलाई बधार्इ दिने बहानामा उनीहरुको निवास पुगे ।

एमाले नेताहरुले कामचलाउ सरकारले कुनै पनि राजनीतिक नियुक्ति र दीर्घकालीन महत्वका निर्णय लिन खोजेमा मुख्य सचिवले रोक्नुपर्ने बताए ।

‘कर्मचारी प्रशासन भनेको स्थायी सरकार हो, राजनीतिक नेतृत्वले नियम कानून विपरीत निर्णय गर्न खोज्दा कर्मचारीले रोक्नुपर्छ भनेर हामीले मुख्य सचिवलाई सचेत गराइसकेका छौं’, एमाले महासचिव पोखरेलले भने, ‘कामचलाउ भइसकेको सरकारले कुनै नियुक्ति र सरुवा गरेमा मुख्य सचिवले रोक्नुपर्छ, नत्र त्यसको जिम्मेवारी पनि स्थायी सरकारले लिनुपर्छ’ ।

एमालेको चेतावनीपछि मुख्य सचिवले अब नियुक्ति र नीतिगत निर्णयहरुका फाइलमा सही नगर्ने जानकारी मन्त्रीहरुलाई गराइसकेका छन् ।

उनले सचिवहरुलाई पनि नियमित प्रशासनिक काम मन्त्रीको दबाबमा कुनै काम नगर्न निर्देशन दिइसकेको स्रोतले जनाएको छ ।

जाँदा जाँदै मन्त्रीको आफ्नै दाउ, सचिवले दिएनन् भाउ

सरकारको नेतृत्व गर्न लागेका नेताहरुले चेतावनी दिएपछि मुख्य सचिव र सचिवहरु कामचलाउ सरकारका मन्त्रीहरुका दबाब झेल्न नसकेर बाहिर बाहिर हिड्न थालेको चर्चा कर्मचारी वृत्तमा छ ।

चुनाव हारेका र अब सरकारमा आउने सम्भावना पनि नभएका मन्त्रीहरुले जाँदा जाँदै आफ्नो र आफ्ना निकटस्थहरुको फाइदाका लागि काम गर्न खोजिरहेका छन् ।

मन्त्रालयको कर्मचारी नेतृत्वले अटेर गर्न थालेपछि दिनभरी मन्त्रालय आएर बस्नु बाहेक केही काम हुन छाडेको एकजना मन्त्रीले बताए

तर, मन्त्रालयको कर्मचारी नेतृत्वले अटेर गर्न थालेपछि दिनभरी मन्त्रालय आएर बस्नु बाहेक केही काम हुन छाडेको एकजना मन्त्रीले बताए ।

‘अहिले त मन्त्रालय आएर चिया खाने बाहेक कर्मचारीले टेर्न छाडिसके, सानातिना अड्किएका काम पनि फुकाउन कर्मचारी असहयोगी बन्दा रहेछन् चुनाव हारेपछि’, ती मन्त्रीले भने ।

उच्च पदस्थ कर्मचारीहरु चुनाव हारेका र कामचलाउ भइसकेका मन्त्रीहरुकहाँ फाइल लिएर जानुभन्दा चुनाव जितेका र अब हुनेवाला मन्त्रीहरुको घरमा फुलको बुके बोकेर बधार्इ दिन जान थालेका छन् ।

मन्त्रालयमा बस्दा मन्त्रीको दबाब झेेल्नुपर्ने भएकाले सचिवहरु अनुगमन भन्दै बाहिर जिल्ला जान थालेका छन् । जसबाट दैनिक भ्रमणभत्ता पनि आउँछ ।

२०७४ पुष १२ गतेमा प्रकाशित

१२ पुष २०७४, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको