एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाटकोट पुगेका छन् । एक हप्तादेखि हुन नसकेको दुई अध्यक्षको भेटवार्तालाई महत्वका साथ हेरिएको छ ।
ओली निवासमा जारी भेटवार्तामा पछिल्लो राजनीतिक गतिरोध, नयाँ सरकार गठन लगायतका विषयमा छलफल जारी रहेको बालकोट स्रोतले जानकाएको छ ।
हिजो हुने भनिएको वार्ता दाहाल चितवनबाट काठमाडौ आउन ढिलाई भएपछि हुन सकेको थिएन । पार्टी एकताका विषयमा निकै टिकाटिप्पणी हुन थालेपछि ओली र दाहालले निर्णायक वार्ता गर्न लागेको हो ।
सरकार निर्माण र पार्टी एकीकरण सँगसँगै गर्नुपर्ने निष्कर्षमा पुगेको माओवादी केन्द्रले उक्त विषयको औपचारिक प्रस्ताव ओली समक्ष राख्ने तयारी गरेको छ ।
प्रकाशित मिति: १२ पुष २०७४
प्रतिक्रिया दिनुहोस