ओलीको कुराले प्रचण्ड झोक्किए


वाम गठबन्धनलाई एकताको स्वरुप दिँदा संयुक्त नेतृत्वमा जाने हो या एकल नेतृत्वलाई सबैले अनुमोदन गर्ने हो भन्ने कुरा चर्चाको विषय बनेको छ ।

एमालेका कतिपय नेताले प्रचण्डलाई अध्यक्ष मान्न सकिने अभिव्यक्ति दिइसकेका छन् भने माओवादीले आफैले यसो गरौँ भन्न नसकिरहेको अवस्था छ । यही क्रममा प्रचण्डलाई राष्ट्रपति दिने भन्ने विषय पनि उठेको छ । तर, उनी अहिले नै सेरेमोनियल भूमिकामा रमाउन सक्ने व्यक्ति होइनन् ।

के प्रचण्ड महासचिव मदन भण्डारी कार्यकारी प्रमुख रहेको मानार्थ अध्यक्ष ‘मनमोहन’ बन्न तयार होलान् ? त्यो अपेक्षा राख्न सक्ने अवस्था छैन । केही दिनअघि ओलीले प्रचण्डलाई राष्ट्रपति बन्नुस् न त भन्ने राखेको पनि सुनिएको थियो । प्रचण्डले सो प्रस्तावबारे आफ्नो पार्टीमा छलफल गर्दा बरु रामबहादुर थापा ‘बादल’ लाई पठाऊँ भन्ने निश्कर्ष निकालिएको र सो प्रस्ताव लिएर फेरि प्रचण्ड ओली कहाँ पुगेको चर्चा छ ।

स्रोतका अनुसार प्रचण्डको प्रस्ताव सुनेपछि ओलीले जवाफ फर्काउँदै, ‘तपाईंको पो व्यवस्थापन सहज होस् भन्दै त्यस्तो अनुरोध गरिएको हो । यदि अरु नै बनाउनुपर्ने भए विद्याजी नै हुनुहुन्छ नि,’ भनेको र प्रचण्ड रिसाएर जिल्लातिर लागेको माओवादी हेडक्वाटरमा चर्चा छ, जनसंचारमा खबर छ ।

१२ पुष २०७४, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको