काठमाडौं, । सरकार निर्माण पार्टी एकताबारेमा छलफल गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच आज वार्ता हुने भएको छ ।
हिजो हुने भनिएको वार्ता दाहाल चितवनबाट काठमाडौ आउन ढिलाई भएपछि हुन सकेको थिएन । आज विहानलाई भेट वार्ताको समय मिलाईएको माओवादी केन्द्रले जनाएको छ, यद्यपी भेटको समय भने निश्चित नभएको बताइएको छ ।
पार्टी एकताका विषयमा निकै टिकाटिप्पणी हुन थालेपछि ओली र दाहालले निर्णायक वार्ता गर्न लागेको हो ।
ओलीका नीजि सचिव राजेश बज्राचार्यले दुई अध्यक्षबीचमा आज वार्ता हुने जानकारी दिए । दाहालकै कारण दुईदिनदेखि हुन खोजेको वार्ता हुन नसकेको र हिजो साँझ दाहाल काठमाडौं आएकोले आज वार्ता हुने उनले जानकारी दिए ।
माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले पनि आज बिहान दुई अध्यक्षबीच वार्ता हुने जानकारी दिइन । सरकार निर्माण र पार्टी एकीकरण सँगसँगै गर्नुपर्ने निष्कर्षमा पुगेको माओवादी केन्द्रले उक्त विषयको औपचारिक प्रस्ताव ओली समक्ष राख्ने तयारी गरेको छ ।
प्रतिक्रिया दिनुहोस