कात्रोको मूल्य



फेसनको निकै
सौखिन थियो।
विश्व विख्यात
महँगा
गुसि
बर्बेरी
एर्मोनी
सुपरमि
एडिडास
जारा
कन्भर्स
पुमा
आदि इत्यादि ब्राण्डका
का उत्कृष्ट उत्पादनहरु
उस्को पहिलो रोजाई
र पहिर्‍याई हुन्थ्यो।
तर विडम्बना
जिन्दगीको अन्तिम समयमा
भन्न पाएन,
रोज्न पाएन
“मलाई यो कात्रो मन परेन।”
द्रव्यधारी उ
खानाको सौखिन
विश्वका
कुन त्यस्तो महङ्गो  खानाको
स्वाद होला
जुन उस्ले नखाएको
नचाखेको होस।
स्तरहिनहरुले
खाने गुणस्तरयुक्त खाना पनि
उस्लाई ड्म्पिङ साइडको
डङ्गुर लाग्थ्यो।
तर नियती
जिन्दगीको अन्तिम घडिमा
भन्नै सकेन
“मलाई चौलानी पानी मन परेन।”
दुनियाँकै विख्यात
इन्जिनियरहरुको डिजाइन
महँगा इटा टायल
रङ्ग बत्तिहरु जडित महल
मा आसिन भैइ,
हार जडित कारहरु
स्वर्णका रत्नहरु
जडित बिमानहरुमा
सफर गर्ने

जिन्दगीको अन्तिम यात्रामा
भन्न सकेन।
“मलाई काचो बाँसमा घारा मन परेन।”
जिन्दगीको अन्तिम
क्षणमा उस्ले भन्न सकेन।
“मलाई मसानघाटको चिता मन परेन।”
र संसार जितेको उ
भन्न सकेन
आफ्नै मृत्युलाई
“तैले जित्दा मलाई मन परेन।”
  • कविराज वानियाँ
२०७४ पुष १२,बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको