किरियापुत्रीले पनि गरे मतदान ।


नुवाकोट: आइतवार सम्पन्न प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा किरियापुत्रीले पनि मतदान गरेका छन्। नुवाकोटको विदुर नगरपालिका, लिखु र तारकेश्वर गाउँपालिका र रसुवाको कालिका गाउँपालिकाका मतदान केन्द्रहरुमा गरी आठ जना किरियापुत्रीले मतदान गरेका हुन् ।

लिखु गाउँपालिका वडा नं. २ माझीपानीमा तेजवहादुर थापामगरको निधन भएको छैटौं दिनमा उनका छोराहरु यादव, अर्जुन, रोहन, सुनील र केशवले आमासंगै मतदान गरेको मतदान अधिकृत विनोदराज खरेलले जानकारी दिए। विदुर नपा  वडा नं. ५ पिपलटारका रामकृष्ण भट्टले आफ्नी आमा चुडादेवी भट्टको निधन भएको दशौं दिन चन्द्रज्योती मावि मतदान केन्द्र लामिवगैंचा पुगेर मतदान गरेको जिल्ला निर्वाचन अधिकारी जनार्दन अधिकारीले जानकारी दिए।

तारकेश्वर गाउँपालिकामा पनि अर्का एक जना किरियापुत्रीले मतदान गरेका छन्। आफ्ना पिता गुमाएको छैंटो दिन भएको निर्वाचनमा संविधान र संघीयतालाई कार्यान्यन गर्ने अवसर गुमाउन नहुने जनाउँदै मतदानमा सहभागी भएको नुवाकोट लिखुका किरियापुत्री थापामगर दाजुभाइले जनाएका छन्।

रसुवाको कालिका गाउँपालिका वडा नं. ३ धारापनीमा किरियापुत्री शरण सारुमगरले मतदान गरेको जिल्ला निर्वाचन कार्यालय रसुवाले जनाएको छ। आजको अन्नपूर्ण दैन्कमा खबर छ ।

११ मंसिर २०७४, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको