लोक दोहरी प्रतिभा खोज २०१७ को दोस्रो चरणको राउण्ड कार्यक्रम सम्पन्न


पृथीछक बुढा
सुक्रबार २७, अक्टोबर २०१७
दुबई, यूएई,
नेपाल कला सांस्कृतिक मंच यूएईले दुबाईमा लोक-दोहोरी प्रतिभा खोज २०१७ को दोस्रो चरणको राउण्ड कार्यक्रम सम्पन्न गरेको छ। वर दुवईको एभरेस्ट होटलको हलमा सम्पन्न भएको उक्त कार्यक्रममा पहिलो प्रतिस्पर्धावाट छनोटमा परेका चार समुहकाआठ जोडीबीच प्रतिस्पर्धा भएको थियो ।

कार्यक्रमको संचालक युएईका चर्चित कलाकार सन्ध्या सुस्केराले गर्नु भएको थियो भने कार्यक्रममा जजको रुपमा युएईका चर्चित कलाकार/सब्द संकलक श्रष्ठाहरु श्री होमनाथ कुँवर, श्री गोपाल भट्टराई र श्री कमल परियार हुनुहुन्थ्यो । बाध्यवाधकमा सुर्य परियार ‘बाँसुरी’, खेम राज गौतम ‘मादल’ हुनुहुन्थ्यो ।
दोस्रो ब्याटलमा पुगेका चार समुहका आठ जोडी प्रतिस्पर्धीहरु:
कमलको बुद्ध समूहबाट: सीता स्मृती राई र कृष्णको सगरमाथा समूहबाट राज न्यौपाने ।
भाका: डाँडै फुर्के सल्लो ।
बाबुरामको डाँफे समूहबाट प्रदिप ठकुरी र सरोजको लालिगुराँस समुहबाट रुपा बोहोरा ।
भाका: गोर्खा मनकामना ।
बाबुरामको डाँफे समूहबाट लक्षमण सुनार र कृष्णको सगरमाथा समूहबाट सीता कार्की ।
भाका: माया चन्चले।
बाबुरामको डाँफे समूहबाट टीका माया कडेल र कमलको बुद्ध समूहबाट सुर्य परियार ।
भाका: फुल्यो भमरी ।
कमलको बुद्ध समूहबाट सन्ध्या थापा र बाबुरामको डाफे समूहबाट अर्जुन खड्का ।
भाका: झिमझिम सानु ।
कृष्णको सगरमाथा समूहबाट अर्जुन परियार र सरोजको लालीगुरास समुहबाट पवित्रा सुवेदी ।
भाका: गोरखा मनकामना ।
सरोजको लालिगुरास समुहबाट रुपा बोहरा र बाबुरामको डाँफे समुहबाट तारा परियार ।
भाका: डाडै फुर्के सल्लो
कृष्णको सगरमाथा समुहबाट खेमराज गौतम र बाबुरामको डाँफे समुहबाट तुलसा राई ।
भाका: माया चन्चले ।

नेपाल कला सांस्कृतिक मंच युएईले स्थापनाकालको बर्ष देखि नै बिभिन्न कार्यक्रमहरुको आयोजना गर्दै नयाँ-नयाँ प्रतिभाहरुलाई जन्माउदै आईरहेको छ। सन् २०१५ मा नेपाली कला र संस्कृतिलाई र कलाकारको उत्थान गर्ने उद्देश्यले स्थापना भएको थियो ।

लोक दोहोरी प्रतिभा २०१७ को सेमिफाइनल र फाइनल भने केहि दिन भित्रै हुने नेपालकाला सांस्कृतिक मंच का अध्यक्ष श्री ड्यान परियारले पोस्टपाटीका संचारकर्मीलाई जानकारी दिनुभयो। कार्यक्रमको फाइनल राउण्डमा अझ कडा घम्साघम्सी हुने अनुमान गरिएको छ। शुक्रवार सम्पन्न दोश्रो ब्याटल राउण्डमा पनि लोक पारखीहरु भरिएको कार्यक्रम स्थानमा प्रतिस्पर्धीहरुको कडा टक्कर चलेको थियो। कलाकारहरुको सवाल जवाफको टक्करले जोसिएका दर्शकहरु पनि भाकामा भाका मिलाएर छमछमी नाचेका थिए ।
१० कार्तिक २०७४, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको