बिप्लबलाई यो देशको खाँचो छ वा छैन तर देशलाइ बिप्लबको खाँचो छ ।


यो देश बिप्लवलाइ आवश्यक छ या छैन, त्यो बिप्लवलाइ थाहा होला तर यो देशलाइ एक पटक बिप्लवको भयंकर आवश्यकता छ| प्रथम विश्वयुद्द सकिने बेला सम्म संसारको ९३% प्रतिशत मान्छे त्यो युद्दबाट प्रभाबित भए तर त्यो युद्दको फाइदा ३०% मान्छेले मात्र लिए । जनयुद्द हुदा नेपालको ७५% मान्छे प्रभाबित भए तर त्यो युद्दको फाइदा २५% ले मात्र लिए ।

जुन बर्गले सडकबाट युद्दको तागतले सिहदरवारको बादशाहा ढाल्यो, त्यो बर्ग आज पनि सडकमै छ । जुन मान्छेले जंगलबाट राज्यसत्ता खोसेर गाऊमा पुगाऊने चेस्टा गरे ति मान्छे आज पनि जंगलमै छन । तर एऊटा क्रान्तिकारि शक्तिलाइ षड्यन्त्रपुर्बक सिद्याऊने र चुनावबाट फासिवाद लाद्ने एऊटा अवसरवादि बर्गले आज पनि जनतालाइ चुनावको चटनि चखाऊदै हिडिरहेको छ ।

सन १९२३-२४ को चुनाबमा नाजि पार्टिले जम्मा १० लाख ९० हजार मत पाएको थियो । सोसेलिस्टले पार्टिले ६० लाख, कम्युनिस्ट पार्टिले ३० लाख मत पाएको थियो ।

तिनै नाजिहरुले ६ साल पछि अर्थात १९३० को आम चुनाबमा ६० लाख तथा १९३२ को राष्ट्रपतिको चुनावमा एक करोड तिस लाख मत प्राप्त गरे । कम्युनिस्ट सोसेलिस्टलाइ सिध्याउन ऊनिहरुले चुनावको पुजिवादि अस्त्र धन पैसा (साम दाम दन्ड भेद) प्रयोग गरेर केहि हद सम्म कुनामा लगेर थन्क्याइदिए पनि चुनाबमा गएर नाजिवादि पार्टीलाई जरा गाड्ने अवसर दिएर जर्मनका कम्युनिस्ट पार्टी र सोसेलिस्ट पार्टीले गम्भीर भुल गरेका थिए । पछि क्रान्ति मार्फत नाजि पार्टीलाइ ध्वस्त त पारियो होला तर त्यो जरा हल्लाऊन धेरै क्रान्ताकारी योद्दाको रगतले जमिन गलाऊनुपरेको आन्तरिक मर्म सबैले बुझ्दैन र चुनाबमा नगएको भय ति योद्दाहरुको रगत अझै देशको लागि आवश्यक थियो होला ।

नेपालमा पनि माओवादिलाइ पनि पहिलो चुनावमा २३ लाख बढि जनताले सुरुमा समानुपातिक मत दिए । अर्थात पार्टीको सिदान्त र युद्दलाइ अनुमोदन गरे तर पछि माओवादिले चुनाव चुनाव भन्दै ऊफ्रियर क्रान्तिकारि बाटो छाडे पछि जनताले दोस्रो संबिधान सभामा तेस्रो दल, तेस्रो स्थानिय चुनावमा मधेस धिर चौथो दलमा ऊभ्याइदिए ।

 

माथिको जर्मनमा फासिबादलाइ स्थापित गर्न सोसेलिस्टले चुनावमा जाने भुल गरे जस्तै नेपालका माओवादिले पनि जनताको मुद्दा छाडेर चुनावमुखि भएको बेला बिप्लवलाइ बिकल्पको रुपमा जनताले पाऊनु र ऊभ्याऊनु नाजिको बिरुद्द प्रसिद्द समाजवादि चिन्तक डा. राममनोहर लोहिया पाऊनु जस्तै हो । राममनोहर मात्र त्यस्ता समाजवादी चिन्तक थिए जसले नाजिको बिरुद्द एक्लै जर्मनमा भोक हडताल गरेर नाजिको भ्रम चिरेका थिए। बिप्लव पनि यो संसदवाको भ्रम चिर्न हिडेको एक्लो राममनोहर हुन जस्को पछाडि नेता कम जनताको धेरै समर्थन छ।

युद्दको आफ्नै नियम हुन्छ। यसको समय अनुसार रुप पनि फरक फरक हुन्छ । कहिले प्रत्यक्ष हुन्छ त कहिले अप्रत्यक्ष हुन्छ । तपाइलाइ जुन रुप मन पर्छ युद्दले त्यहि रुप ग्रहण गर्छ । रोमन साम्राज्यवादी मुसोलिनले इटलिका जनतालाइ बिशाल बिकाशको सपना बाडे त्यसको बदलामा युद्द दिए । नेपालका संसदवादिले पनि चुनाव पछि बिशाल बिकाश र मोनोरेलको कुदाऊने सपना बाडेका छन त्यसको बदलामा देशले छोटो मोटो गृहयुद्द र रक्तपात दिने र भोग्ने लगभग पक्का छ । यो स्थाइ सत्य पनि होईन र अस्थाइ अन्याय पनि होईन । यसको एक अभियन्ता बिप्लवलाइ बुझे काफि हुन्छ ।

नेपोलीयन बोनापार्टलाइ धेरैले विश्वबिजेता माने । सबैभन्दा धेरै त हिटलरले मानेका थिए । अर्को कुरा युद्द ऊन्मातमा डुबेका हिटलरले त झन सोचेका थिए ‘नेपोलियन बोनापार्टले गर्न नसकेको काम हिटलरले गरेर देखाइदियो’ अर्थात मैले गरे’ हिटलरको आडम्बरले संसार अचम्म र वाक्क भैसकेको थियो । ठिक यस्तै भैरहेको छ नेपालमा पनि युद्दको ठेकिमा टिकटको मोहि घोलेर आएका बादि प्रतिवादि सबैले चुनाव हुनुलाइ युद्द जितेझै ठानेका छन । जसले चुनाव गराऊछ ऊहि विश्वबिजेताको ताज भिर्न योग्य ठान्छन तर सबैको यो ऐकलकाटे युद्द भनेको किप्पर नभएको गोल पोस्टमा गोल ठोकेर कमाएको बहुदरितापन हो ।

यदि यो देशमा एक पटक एक गिलास मोहि पियर एक बुद पसिनाले जिवन गुजारेका जनताको घरमा गयर बिप्लवले एक लिटर रगत मात्र सापटि मागे भने न त यो देशले त्यो युद्द थेग्न सक्छ, न त अहिलेका विश्वबिजेताको ताज भिरेर आकर्षक देखिएका नेताको कंकाल नै भेटिन्छ । यहि धुर्वसत्य त नहोला तर देशले खोजेको र आवश्यक चाहि यहि छ ।

किरण प्रकाश बिसि 

११ आश्विन २०७४, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको