काठमाडौं । ६ खेलमा ६ गोल गर्ने प्रिमियर लिगका ३ स्ट्राइकरबीच यस सिजनको प्रिमियर लिगमा गोल्डेन बुटका लागि प्रतिस्पर्धा हुने देखिएको छ ।
तर, युरोपका अन्य स्थानका लिगहरुको तुलनामा उनीहरुको प्रदर्शन कस्तो छ त ?म्यानचेस्टर सिटीका स्ट्राइकर सर्जियो एग्यूरो, चेल्सीका युवा खेलाडी अल्भारो मोराटा र यसै सिजनदेखि म्यानचेस्टर युनाइटेडमा अनुबन्ध भएका रोमियो लुकाकुले आ-आफ्ना क्लबका लागि शानदार प्रदर्शन गरिरहेका छन् ।
युरोपका गोल्डेन बुट दावेदार
हामी नयाँ सिजनको दोस्रो महिनामा छौं । तर, अविश्वसनीय रुपमा युरोपबाट खेलिरहेका दुई खेलाडीले दोहोरो अंकको गोल गरिसकेका छन् ।
मोनाकोका स्ट्राइकर रामाडेल फाल्काओले लिग वानमा मात्र ७ खेलमा ११ गोल गरेका छन् भने पाउलो डिभालाले ६ खेलमा १० गोल गरेका छन् ।
ला लिगामा लियोनल मेस्सी ६ खेलमा ९ गोल गर्दै स्वाभाविक रुपमा शीर्ष स्थानमा छन् ।
तर, फाल्काओ युरोपको गोल स्कोरिङ चार्टमा सबैभन्दा उच्च स्थानमा छन् । त्यस्तै डिभाला, औसत गोल मिनेटको हिसाबमा युरोपका सबैभन्दा उत्कृष्ट फिनिसरको रुपमा देखिएका छन् ।
२३ वर्षीय अर्जेन्टाइन् स्ट्राइकर डिभालाले हरेक ४७ मिनेटमा एक गोल गरेका छन् । र, यस आँकडामा पि्रमियर लिगमा रियल मडि्रडका पूर्व स्ट्राइकर अल्भारो मोराडा सबैभन्दा अगाडि छन्, उनले हरेक ७६ मिनेटमा एक गोल गरेका छन् ।
इन्स, रेडमोन्ड, रोनाल्डो ?
रियल मड्रिडका क्रिष्टियानो रोनाल्डो, हडर्सफिल्डका टम इन्स र साउथहृयाम्टनका नाथन रेडमण्ड, यी तीन स्ट्राइकरमा के समानता छ ?
उनीहरुको सूची यस अर्थमा एकैसाथ राखिएको छ कि, गोल गर्न गरेको प्रयासका आधारमा यिनीहरु युरोपकै सबैभन्दा हतास फुटबलर हुन् ।
पि्रमियर लिगको ६ खेलमा रेडमण्डले २१ पटक गोलका लागि प्रहार गरेका छन्, तर अहिलेसम्म गोलबिहीन छन् । यसैगरी सिजन सिरी ए मा बढुवा भएको बेनेभेन्टेका मासिमो कोडाले ५ खेलमा २३ पटक गोलका लागि असफल प्रहार गरेका छन् ।
यसैगरी इन्सले हडर्सफिल्डका लागि २० पटक गरेको प्रहार अहिलेसम्म गोल हुन सकेको छैन ।
यस्तै रोनाल्डो, अर्कोतर्फ मेस्सीको बिष्फोटक सुरुवातको आनन्द लिएर बस्न पनि सक्दैनन्, उनी आफू पनि अहिलेसम्म गोलका लागि संघर्षरत छन् ।
पोचुर्गिज कप्तानले अहिलेसम्म लिगमा १ गोल गरेका छन् र गोलका लागि उनको १८ पटकसम्मको प्रयास खेर गएको छ । त्यसमध्ये १२ शट त उनले गत बुधबार रियल बेटिसबिरुद्ध प्रहार गरेका थिए । त्यस खेलमा रियल मडि्रड १-० ले हारेको थियो ।
निश्पक्ष रुपमा भन्नुपर्दा रोनाल्डोका लागि यस सिजन त्यति खराव चाहीँ होइन । स्पेनिस सुपरकपको पहिलो लेगपछि प्रतिवन्धमा परेपछि उनले तीन लालिगा खेल खेल्न पाएनन् ।
तर, स्पेनमा आफ्नो करिअर सुरु भएपछि पहिलो सिजन यस्तो भएको छ कि रोनाल्डोले अक्टोबरअघि लिगमा एक गोलमात्र गरेका छन् ।
प्रिमियर लिग इतिहासकै सबैभन्दा धेरै टिम गोल
म्यानचेस्टर सिटीले टिम गोलको मामलाले सबै कीर्तिमान भंग गरेको छ ।
लिग कप अन्तर्गत बुधबार भएको खेलमा सिटीका ११ जना खेलाडीले टच गरेको बल ५२ पास पूरा गरी लेरोय सेनको गोलमा परिणत भएको थियो । त्यस खेल सिटीले २-१ ले जितेको थियो ।
पेप ग्वार्डिओलाले टोलीको अर्को उत्कृष्ट खेल शनिबार क्रिष्टल प्यालेससँग पनि देखियो । फावियो डेल्फले गरेको पाँचौं तथा अन्तिम गोल ३१ पास पूरा गरी गोल भएको थियो ।
यो एक निक्कै प्रभावशाली कदम थियो । सन् २०१० देखि अप्टाले यसको आँकडा रेकर्ड गर्न थालेपछि पहिलो पटक एउटा गोलमा यति धेरै पास आदान प्रदान भएको छ ।
सन् २०१४ मा क्यूपीआरबिरुद्धको खेलमा टोटनहृयामका खेलाडीहरुले एउटा गोलका लागि ४८ पास पूरा गरेको थियो ।
सिटीको उत्कृष्ट लय
एकपछि अर्को साता म्यान्चेस्टर सिटीले महान जित हासिल गर्दैछ ।
क्रिष्टल प्यालेसबिरुद्ध ५-०, अघिल्लो साता लिभरपुलबिरुद्ध ५-० र त्यो भन्दा पनि अघिल्लो साता बाटफोर्डसँग ६-० को जित । यो प्रिमियर लिगको पछिल्लो ६० वर्षमा पहिलो पटक भएको छ कि एउटै टिमले लगातार ३ खेलमा ५ वा त्यो भन्दा बढी गोल गरेको छ ।
यो उपलब्धी ब्ल्याकवर्नले सन् १९५८/५९ को सिजनमा हासिल गरेको थियो ।
सिटीले अर्को एक नयाँ कीर्तिमान बनाएको छ। उसले प्रिमियर लिगको ६ खेलमा २१ गोल गरेको छ । प्रिमियर लिगमा यसरी एकपछि अर्को ठूलो जित हासिल गर्नु भनेको लिग जित्ने लक्षण त होइन ? यस्तो भनाइ पनि आउन थालेको छ ।
अनलाइन खबरबाट
प्रतिक्रिया दिनुहोस