समाजसेवी ईशा गुरुङले कर्मघरबाट बाढी पिडितका लागि राहात पठाई दिइन


पोष्टपाटी/ भाद्र ११ 

‘घर परिवार, संघ संस्थाहरूलाइ त हामी बेला बेलामा सहयोग गरिरहन्छौ तर देशको धरातल नै डगमगाउने गरेर जब दैब प्रकोप लाग्छ, त्यो बेला तपाइ हामी मिलेर धेरै थोरै सहयोग गर्न सफल हुन्छौ । त्यो बेला महशुस हुन्छ, हामी पक्कै पनि देशलाइ केहि टेवा दियौ र केहि सेवा गर्यौ भनेर गर्बको आभाष हुन्छ । यो जस्तो मनलाइ शान्ति अरू बिषय बस्तुले दिनै सकिदैन। – इशा गुरुङ

‘ईशा गुरुङ’ समाजसेवामा निकै चर्चित नाम हो । आफ्नो कर्मघर बेलायतमा बस्दै आएकी ईशा गुरुङले माइतीघर नेपाल आपत बिपतमा पर्दा विभिन्न समयमा सामाजिक सेवागर्दै आउनु भएको छ ।

शायद समाज सेवा एउटा असल सामाजिक नसा हो तर यो नसा सबैले लिन वा प्रयोग गर्न सक्दैनन्, सक्छन त केवल, जसले मानवीयताको मूल्य र मान्यता बुझ्ने सामर्थ्य राख्दछ, त्यसले मात्र समाज सेवाको नसामा चुर्लुम डुब्न सक्छन र त्यसैमा आत्मा शान्तिको अनुभूति गर्दछ, कसैको सेवामा नै आफुलाई गर्व गदर्छ।

हो त्यहि नसामा हुनुहुन्छ, ईशा गुरुङ । जसको कारण थुप्रै विपत्तिमा परेकाहरुलाई राहात मिलेको छ । जब प्रकृतिले दुखको भारि बोकेर ल्याउछ, अनि पिडितहरु दुख बिसाउन यिनै नेपाली चेली इशा गुरुङलाइ सम्झिने गर्छन।

यसरि नै देश बाहिर बसेर निरन्तर समाज सेवामा लागिरहने दयावान नेपाली चेली इशा गुरुङले, यसपाली पनि मधेश डुबेर जलमग्न भएको बेला चुपचाप बस्न सकिनन्। आजको बिकशित युगमा सामाजिक संजाललाई भरपुर उपयोग गरि संसार भर छरिएर रहेका नेपाली मनहरुलाई एकत्रित गर्दै पुन: सहयोग अभियानमा जुट्नु भयो।

सामाजिक संजाल मार्फत बाढी पिडितको लागि राहात तथा उद्दार कार्यमा जुट्न आव्हान गर्दै अमेरिका, जापान, इजरायल साउदी लगाएतका देशमा बस्ने दयालु नेपालीहरुले बाढी पीडितका लागि ईशा गुरुङले चलाएको अभियानलाई रकम दिएर साथ् दिएका छन्।

यसरि विभिन्न देशमा बस्ने मनकारी नेपालीहरु मार्फत जम्मा भएको नगत रु. २ लाख ५२ हजार ७२० (रु. २,५२,७२०) रकम न्युज ट्वान्टीफोरको चर्चित कार्यक्रम ‘सिधा कुरा जनता संग’का संचालक रबि लामीछाने लाई हस्तान्तरण गर्नु भएको छ। उक्त रकमलाइ बाढी पिडितहरुका लागि दीर्घकालीन परियोजनामा लगाउने बेलायतमा रहेकी इशा गुरुङले पोष्टपाटी संग बताउनु भयो।

ईशा गुरुङका अनुसार ‘यो सहयोग तत्काल आपतकालिन राहात भन्दा पनि दीर्घकालीन योजना परियोजनाको लागी मद्दत गरिनेछ र भबिस्यमा बाढीले कुनै धन जनको क्षति नहोस भन्ने मनसायले नमुना बस्ती बनाउने निर्णय लिएको छ।

देशलाई प्राकृतिक आपत आइपर्दा देश विदेशबाट आर्थिक तथा नैतिक सहयोगमा जुट्नुहुने दयावान नेपालीहरु प्रति ईशा गुरुङले बेलायतबाट धन्यवाद दिदै आभार व्यक्त गर्नु भएको छ र आगामी दिनहरुमा पनि यसरी नै हातेमालो गर्दै सहकार्य गर्ने आशा समेत व्यक्त गर्नु भएको छ।

 

११ भाद्र २०७४, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको