यु-१५ साफ च्याम्पियनसिपको फाइनलमा आज भारत र नेपाल भिड्दै


काठमाडैं, भदौ ११ – पन्ध्र वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलको उपाधिका लागि नेपालले आइतबार भारतसँग खेल्दैछ । खेल दिउँसो ३ बजेपछि एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछ ।

नेपालले बंगलादेशलाई र भारतले भुटानलाई हराउँदै फाइनल भेट पक्का गरेका हुन् । यसअघि समूहचरणको खेलमा नेपाल भारतसँग २–१ ले पराजित भएको थियो । नेपाली टोलीलाई घरेलु मैदान र दर्शकको साथ हुनेछ । दुवै टोलीका प्रशिक्षकले उपाधि जित्ने दाबी गरेका छन् ।

नेपालका प्रशिक्षक सुनिल श्रेष्ठले आफूहरुसँग भारतलाई हराएर इतिहास बनाउने मौका रहेको र आफूहरु त्यसका लागि तयार रहेको बताए । समूह चरण तथा सेमिफाइनलका खेलले टिमका खेलाडीलाई उत्साह दिएको प्रशिक्षक श्रेष्ठले बताए ।

यस्तै भारतका प्रशिक्षक बिबिएनो फर्नान्डेसले नेपाली टिम बलियो रहेकाले आफूहरुले त्यही अनुसार तयारी गरेको बताए । तर नेपालसँगको फाइनल खेल चुनौतीपूर्ण रहेको उनको भनार्य छ ।

उज्यालो अनलाइन बाट 

११ भाद्र २०७४, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको